Sajhamanch Archive

झापामा बेसबल तथा सफ्टबल संघ गठन, अध्यक्षमा खेम

Published: in खेलकुद, लोकप्रिय by . Leave a Comment on झापामा बेसबल तथा सफ्टबल संघ गठन, अध्यक्षमा खेम.

भद्रपुर । झापामा पहिलो पटक जिल्लास्तरीय बेसबल तथा सफ्टबल संघ गठन भएको छ । भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको सो खेलसँग सम्बद्ध युवाहरुको भेलाले खेम अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा विनित बाँस्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन […]

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता.

काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट […]

दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने.

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगेको […]

झापामा जेठ २७-२८ मा राष्ट्रिय कराँते प्रतियोगिता

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापामा जेठ २७-२८ मा राष्ट्रिय कराँते प्रतियोगिता.

बिर्तामोड । झापामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले प्रतियोगिताको आयोजनाा गरेको हो । प्रतियोगिता यही जेठ २७ र २८ गते बिर्तामोडमा हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए । आज बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । […]

सन्दीप टिमसँगै दक्षिण अफ्रिका नजाने, विश्वकप छनोट पनि अनिश्चित

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सन्दीप टिमसँगै दक्षिण अफ्रिका नजाने, विश्वकप छनोट पनि अनिश्चित.

काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टिमसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएका छन् । नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपको पेसी आगामी हप्ता रहेकाले उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । सन्दीपको पेसी आगामी हप्ता सरेकाले जानरआउन कठिनाइ हुने हुँदा उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । आगामी हप्ता पनि मुद्दाको पेसी सरे उनको […]

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ फेरि रोकियो

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, समाज by . Leave a Comment on सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ फेरि रोकियो.

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो। राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएका छन्। यसअघि, न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। त्यति बेला लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको […]

टि–२० महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on टि–२० महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित.

काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो। मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ। जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ […]

चेन्नाईले जित्यो आईपीएलको उपाधि

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on चेन्नाईले जित्यो आईपीएलको उपाधि.

काठमाडौं । वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो । सोमबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट […]

भेट्रानको उपाधि शिवसताक्षी ९ र अन्डर फिप्टिनको उपाधि वडा नं. ८ को पोल्टामा

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on भेट्रानको उपाधि शिवसताक्षी ९ र अन्डर फिप्टिनको उपाधि वडा नं. ८ को पोल्टामा.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको भेट्रान खेलको उपाधि शिवसताक्षी ९ ले उचालेको छ । आयोजक केएनके फुटबल क्लबलाई ट्राइबेकरमा हराउँदै वडा न. ९ले उपाधि हात पारेको हो । ट्राइबेकरमा १– ३ गोल अन्तरले वडा नं. ९ ले उपाधि आफ्नो पोल्टामा सफल भयो । योसँगै वडा नं. ९ ले नगद […]

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने.

काठमाडौँ । सरकारले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला […]