Sajhamanch Archive

बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’

Published: in मुख्य समाचार, विविधा, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’.

विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यसो भनिएको छ– ‘झापाको मुख्य व्यापारिक […]

जग्गा वर्गीकरण नहुन्जेल कर वृद्धि नगर्ने विर्तामोड नगरपालिकाको निर्णय

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जग्गा वर्गीकरण नहुन्जेल कर वृद्धि नगर्ने विर्तामोड नगरपालिकाको निर्णय.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यसअघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिनाभित्र वर्गीकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नुपर्ने भएकाले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि […]

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया शुरु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया शुरु.

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक ९दाबी विरोध समेत० को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ । उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई […]

पूर्वाग्रहपूर्ण निर्णय अविलम्ब फिर्ता लिन पत्रकार महासंघ झापालाई प्रेस चौतारी झापाको माग

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on पूर्वाग्रहपूर्ण निर्णय अविलम्ब फिर्ता लिन पत्रकार महासंघ झापालाई प्रेस चौतारी झापाको माग.

झापा । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । पत्रकार भूमिराज पराजुली मािथ गरेको निर्णण अविलम्ब फिर्ता नलिए प्रेस चौतारी महासंघ विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रेस चौतारी झापाका सदस्य एवम् माइपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको सदस्यता निलम्बन गर्न प्रदेशलाई सिफारिस गरेको निर्णय […]

मोरङ्गको सुन्दरहरैंचामा कन्टेनरभित्र पुरुषको शव फेला

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on मोरङ्गको सुन्दरहरैंचामा कन्टेनरभित्र पुरुषको शव फेला.

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५÷५० वर्षीय पुरुषको शव फेला परेको हो । चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय […]

बर्डफ्लू प्रभावित किसानले अब क्षतिको ७५ प्रतिशत रकम पाउने

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on बर्डफ्लू प्रभावित किसानले अब क्षतिको ७५ प्रतिशत रकम पाउने.

काठमाडौ । बर्डफ्लू प्रभावित किसानलाई राहत उपलब्ध गराउने बाटो खुलेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिनेसम्बन्धी मापदण्ड–०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो । बर्डफ्लू नियन्त्रणका क्रममा सरकारले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्री नष्ट गर्ने […]

आगामी आम निर्वाचनमा काँग्रेस गठबन्धन गरेरै निर्वाचनमा जाने : महामन्त्री शर्मा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आगामी आम निर्वाचनमा काँग्रेस गठबन्धन गरेरै निर्वाचनमा जाने : महामन्त्री शर्मा.

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको तीव्रतम विकास हुन नसक्नुमा राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति बाधक भएको दावी गरेका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनमा आइतबार चन्द्रगढीमा सम्पन्न अन्तरक्रियामा आफ्ना धारणा राख्दै महामन्त्री शर्माले विकास आयोजनाको वास्तविकता नबुझी राजनीतिको नेतृत्व लिएका नेताहरूले सबैथोक बुझेको शैलीमा कामगर्दा विकास परियोजना अलपत्र परेर समृद्धिको पथ भेट्न […]

नागरिक जिम्मेवार नभएसम्म र भद्रभलादमीको चेत नआएसम्म सरसफाई असम्भव : नगरप्रमुख प्रसाईं

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on नागरिक जिम्मेवार नभएसम्म र भद्रभलादमीको चेत नआएसम्म सरसफाई असम्भव : नगरप्रमुख प्रसाईं.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्वसाधारण जनतालाई राहत पुग्ने गरी तत्काल समायोजन गर्न माग गर्दै आइतबार नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएको छ । प्रदेश क सभापति लक्ष्मीप्रसाद आचार्य र नगरका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेस कार्यकर्ताको टोलीले नगरप्रमुख […]

स्थानीय तहले जिम्मेवार भएर द्वन्द्व निरुपण गर्ने प्रतिवद्धता व्यक्त

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्थानीय तहले जिम्मेवार भएर द्वन्द्व निरुपण गर्ने प्रतिवद्धता व्यक्त.

बिर्तामोड । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जल, जमिन र जंगल सम्बन्धी विवादलाई अन्त्य गर्ने जिम्मेवारी अब स्थानीय तहमा आएकाले यस विषयमा स्थानीय तहले जिम्मेवार भएर निरुपण गर्ने दक्षता प्राप्त गर्न जरुरी रहेको बताएको छ । झापाका १५ स्थानीय तथा जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष एवम् उपाध्यक्षलाई निर्वाचित भएकामा बधाई तथा शुभकामना दिन […]

मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा तिलक नेपाली सर्वसम्मत

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा तिलक नेपाली सर्वसम्मत.

उर्लाबारी । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका हुन् । […]