Sajhamanch Archive

जिसस झापाका पदाधिकारीलाई बधाईसहित कार्यसफलताको शुभकामना पत्र प्रदान

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जिसस झापाका पदाधिकारीलाई बधाईसहित कार्यसफलताको शुभकामना पत्र प्रदान.

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका नवनिर्वाचित पदाधिकारीलाई बिहीबार बिर्तामोडमा बधाई ज्ञापनसहित कार्यसफलताको शुभकामना पत्र प्रदान गरिएको छ । संवाद समूह झापाको आयोजनामा भएको कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागीले जिससका पदाधिकारीलाई बधाई तथा शुभकामना पत्र प्रदान गरेका हुन् । जिसस प्रमुख विश्व बराल, उपप्रमुख शान्ता रोक्का क्षेत्री […]

कनकाईका ३२ युवालाई कारितासको स्वरोजगार तालिम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाईका ३२ युवालाई कारितासको स्वरोजगार तालिम.

कनकाई । कारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ । कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिममा झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र विद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने रहेको छ भने बाँकी […]

नेपालको लगातार दोस्रो जित

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on नेपालको लगातार दोस्रो जित.

काठमाडौ । नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गर्यो […]

एसईई नतिजा आज बुधबार प्रकाशन गरिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on एसईई नतिजा आज बुधबार प्रकाशन गरिँदै.

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा आज दिउँसो सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि दिउँसो १ बजेका लागि परीक्षा बोर्डको बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । […]

विर्तामोडका पेट्रोल पम्पको अनुगमन, अधिकांश पम्पमा अव्यस्थित शौचालय

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोडका पेट्रोल पम्पको अनुगमन, अधिकांश पम्पमा अव्यस्थित शौचालय.

विर्तामोड । बिर्तामोडमा रहेका अधिकांस पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित रहेको पाइएको छ । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा मंगलबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । नगरपालिकाले बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग छेउका १० वटा पेट्रोल पम्पहरुमा अनुगमन गरेको हो । जसमा वडा नम्बर ६मा रहेको नविन ट्रेड कन्र्सन, सुगम आयल […]

महावाणिज्यदूतलाई दर्जनौं समस्या सहितको ज्ञापनपत्र

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on महावाणिज्यदूतलाई दर्जनौं समस्या सहितको ज्ञापनपत्र.

मेचीनगर । कोलकताका महावाणिज्यदूत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् । पश्चिम बंगालको कोलकताका महावाणिज्यदूत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगीको अवलोकन गरेका हुन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महावाणिज्यदूत पौडेललाई भारतबाट आउने जंगली हात्तीले दुःख दिइरहेको विषय, लागुऔषध कारोबारी नियन्त्रणका लागि दुईपक्षीय चासो, नेपालमा उत्पादन भएका कषिजन्य […]

कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी.

शिवसताक्षी । झापाको धार्मिक क्षेत्र कनकाई कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी भएको छ । भक्तजनले चढाएको ४ वटा दानपेटी फोरेर नगद चोरी भएको हो । बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ । कोटीहोम क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र अझ […]

नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हरायो

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हरायो.

काठमाडौंँ । साफ यू(१९ च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४(० गोल अन्तरले हराएकोद छ । नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका छन् । खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । आयुष घलानको […]

विराटनगरमा आफ्नै घरभित्र जलिरहेको अवस्थामा महिलाको शव फेला

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on विराटनगरमा आफ्नै घरभित्र जलिरहेको अवस्थामा महिलाको शव फेला.

मोरङ । मोरङको विराटनगरमा आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा आइतबार साँझ एक वृद्धा महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका ९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव घरको कोठाभित्र जलेको अवस्थामा फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार आगोले जलेर वृद्धाको मृत्यु भएको खबर साँझ ७ः३० बजेतिर प्रहरीले प्राप्त […]

साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार.

शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ । शनिबार साझामञ्च डटकममा साङ्लोमा बाधिएकी महिलाको समाचार प्रकाशन भएको २४ घण्टा नविदै उक्त महिलाको उद्धार गरिएको हो । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, प्रशासन प्रमुख डिल्ली नेपाल र इलाका […]