बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । आज विहान कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा भुन्डिएको अवस्थामा फेला परेका थिए । हाल तीन किशोरीको सवलाई पोष्टमार्टमका लागि धरान घोपा पठाउने तयारी गरिएको छ । झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार घोपा पठाउने तयारी भइरहेको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिएकी छिन् । उनको खुट्टामा साङ्ली लगाएको छ । उनी भागेर घर छोडेर हिड्छिन भनेर उनका परिवारले उनलाई सांङ्लीले बाँधेर राखेका हुन् । उनको दुवैवटा खुट्टामा साङ्ली लगाएको छ । जसले उनी विस्तारै मात्र हिड्न सक्छिन् । विगत १६ वर्ष अघिदेखि विरामी […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीकाे चाैथाे पूर्ण बैठक बिर्तामोडमा सुरू भएकाे छ । पार्टीका संस्थापक पुष्लपलालकाे तस्विरमा माल्यार्पण गरी बैठक सुरू भएकाे छ । जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीकाे अध्यक्षतामा स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेकाे प्रमुख आतिथ्यमा बैठक सञ्चालन भएकाे हाे । बैठकमा अध्यक्ष दिपक कार्कीले छलफलका एजेन्डा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको महान् शिक्षाबाट प्रेरणा लिएर नेपाली समाजलाई अगाडि बढाउने संकल्प गर्नुपर्ने बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले नेपाली समाजको परिवर्तन र रुपान्तरणका निम्ति पुर्याएको योगदानको स्मरण र मूल्याङ्कन गर्दै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुर्याउन संकल्प गर्नुपर्ने धारणा […]
झापा । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभामा आजै नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेका थिए । आज दिनभर विधेयकमाथि छलफल पछि बहुमतले पारित भएको हो । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका सांसदहरुले राज्य व्यवस्था समितिमा छलफल गरी सहमतिमा पुगेको विषयका आधारमा संशोधन […]
भद्रपुर । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक आन्दोलनमा वीपीको विचार सधैं मार्गदर्शक रहेको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढी वीपी चौकमा आयोजित वीपीको ४१औं स्मृति दिवसलाई सम्बोधन गर्दै सिटौलाले २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा वीपीको विचार नै मार्गदर्शक भएको बताएका हुन् । संघ र प्रदेश तहको निर्वाचनमा गठबन्धनको […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोरमैला विर्सजन गर्ने स्थलको व्यवस्थापन गरि अल्पकालिन समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा वडा नम्बर ७का वडाध्यक्ष कृष्णप्रसाद खरेल, वडा नम्बर ८का वडाध्यक्ष अजय कार्की र वडा नम्बर […]
काठमाडौं । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति आज शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाई गरेर शुक्रबार सार्वजनिक गर्ने तयारी गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिलाई अन्तिम रूप दिन आज बिहान सञ्चालक […]
बुटबल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी माथि कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी गराउँदै अब तत्कालै उनी विरुद्ध कारबाही […]
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका महिला जनप्रतिनिधिहरुका लागि तीन दिवसीय नेतृत्व विकास तालिम आजदेखि बिर्तामोडमा सुरु भएको छ । ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम’को ब्यानरमा सेन्टर फर दलित वुमन नेपालले आयोजना गरेको महिला जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास तालिम साउन ५ गतेदेखि ७ गतेसम्म चल्नेछ । तालिमको उद्घाटन समारोह अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा प्रमुख […]