Sajhamanch Archive

शहीद डिल्ली गौतमको स्मृति दिवसः सम्मान र रक्तदान

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on शहीद डिल्ली गौतमको स्मृति दिवसः सम्मान र रक्तदान.

कनकाई । झापाको सुरुङ्गामा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शहीद गौतमको २९औं स्मृति दिवसको सन्दर्भमा गरिएको रक्तदान कार्यक्रममा ११ महिलासहित ४६ जनाले रक्तदान गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी धरान रक्तसंचार सेवाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा शिक्षासेवी एवं साहित्यकार कोमलप्रसाद पोखरेल साथै झापा […]

दमकमा नगरप्रमुखको हठले बजेट पास नभएको कार्यपालिका सदस्यहरुको स्पष्टोक्ति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on दमकमा नगरप्रमुखको हठले बजेट पास नभएको कार्यपालिका सदस्यहरुको स्पष्टोक्ति.

दमक । दमक नगरपालिकाको चालू आर्थिक वर्षको बजेट पास नहुनुमा नेकपा एमाले कारण नभएको जनप्रतिनिधिहरुले दावी गरेका छन् । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आज दमकमा पत्रकार सम्मेलन गर्दै नगरसभा सदस्यले दिएको सुझावलाई कार्यपालिका बैठकमा लगेर छलफल गर्नुपर्ने दायित्वबाट नगरप्रमुखले पन्छिँदा अहिलेको समस्या आएकोे उनीहरुको दावी छ । कार्यपालिका सदस्य लोकबहादुर धिमालले गत असार १० गते […]

निजी अस्पतालमा स्वास्थ्य बीमा खारेजीप्रति एमालेले गर्यो सरकारको कडा आलोचना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on निजी अस्पतालमा स्वास्थ्य बीमा खारेजीप्रति एमालेले गर्यो सरकारको कडा आलोचना.

झापा । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमाले केन्द्रीय कमिटी सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज प्रेस विज्ञप्ती जारी गर्दै सरकारले २०७९÷०८० को बजेट वक्तव्य मार्फत् स्वास्थ्य बीमालाई […]

झापासहित ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्ने सुविधा आजदेखि सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापासहित ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्ने सुविधा आजदेखि सुरु.

झापा । निर्वाचन आयोगले काठमाडौंसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । जसअनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्ला र बाहिरका पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको हो । आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने […]

डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि पाँच करोडको छात्रवृत्ति

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि पाँच करोडको छात्रवृत्ति.

झापा । आसाम डाउन टाउन युनिभर्सिटीले शैक्षिक सत्र सन् २०२२/२३ मा नेपाली विद्यार्थीहरुका लागि भारतीय रुपैयाँ पाँच करोडको छात्रवृत्ति योजना ल्याएको छ । युनिभर्सिटीको इतिहासमा नेपाली विद्यार्थी लक्षित यति ठूलो र राम्रो छात्रवृत्ति योजना पहिलोपटक आएको जनाइएको छ । आसाम डाउन टाउन युनिभर्सिटीका नेपाल को–अर्डिनेटर तथा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सी बिर्तामोडका प्रबन्ध निर्देशक शंकर भट्टराईले आज […]

एकै दिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १,९८२ पुगे

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on एकै दिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १,९८२ पुगे.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ३,३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १,९८२ पुगेको छ । आज ३६ हजार ३४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या […]

सक्रिय कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो, आज एकैदिन ४५७ थपिए

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सक्रिय कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो, आज एकैदिन ४५७ थपिए.

काठमाडौँ । कोरोना संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। २ दिनमै संक्रमितको संख्या दोब्बर देखिएको छ । आइतबार संक्रमितको संख्या जम्मा १३५ रहेको थियो । साथै मृत्यु संख्या पनि थपिन थालेको छ । ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको […]

‘एकीकृत समाजवादीका ठूलो हिस्सा एमालेमा फर्किन लागेको छ’

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एकीकृत समाजवादीका ठूलो हिस्सा एमालेमा फर्किन लागेको छ’.

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको ठूलो हिस्सा एमालेमा फर्किन लागेको बताएका छन् । जनकपुरधाममा आज सोमबार आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले ठूलो हिस्सा एमालेमा फर्किएपछि माधवकुमार नेपाल पनि एमालेबाहेक अन्यत्र जाने ठाउँ नहुने बताए । ‘माओवादीमा प्रवेश गरे पनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो छ । माओवादीमा […]

काठमाडौंलाई अपाङ्गतामैत्री सहर बनाउन स्पाइनल इन्जरी नेटवर्कको माग

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on काठमाडौंलाई अपाङ्गतामैत्री सहर बनाउन स्पाइनल इन्जरी नेटवर्कको माग.

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौंलाई देशकै नमूना अपाङ्गतामैत्री सहर बनाउन माग गरेका छन् । काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसँग स्पाइनल इन्जरी नेटवर्कको प्रतिनिधिमण्डलले भेट गरी सो माग गरेको हो । काठमाडौं देशकै राजधानी सहर भएकाले यहाँ बसोबास, अध्ययन, रोजगारी, स्वरोजरमूलक पेशा र अन्य कारणले करिब ३ लाख अपाङ्गता भएका […]

धनी पूर्जा वितरणमा समन्वय र सहयोगका लागि पालिका सरकारसँग राष्ट्रिय भूमि आयोग झापाको आग्रह

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on धनी पूर्जा वितरणमा समन्वय र सहयोगका लागि पालिका सरकारसँग राष्ट्रिय भूमि आयोग झापाको आग्रह.

बिर्तामोड । राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ । आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरणको कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेषगरी स्थानीय सरकार र राजनीतिक दललाई समन्वय र सहयोगका लागि आग्रह गरेको हो । आयोगका अनुसार जिल्लामा […]