काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ […]
विराटनगर । जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विराटनगर– ८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ । कारागार भित्र संक्रमण फैलिएको […]
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो । भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाली उपभोक्तालाई भने तत्काल […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको छ । जसपा अध्यक्ष उपेन्द्र पक्ष आजै विवरण अध्यावधिका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिका लागि आज निर्वाचन आयोग जान लागेको बताएका छन् । यादव पक्षको वीरगञ्ज […]
काठमाडौं । सरकारले विलासिताका वस्तुको आयातमा झनै कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो । यसअघि […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरेका हुन् । ‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्’ देउवाले भनेका […]
चुलाचुली । राष्ट्रिय भूमि आयोग जिल्ला समिति इलाम र चुलाचुली गाउँपालिकाबीच भूमि समस्या सम्बन्धी अन्तरक्रिया गरिएको छ । चुलाचुली गाउँपालिका क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका समस्यालाई समाधान गर्नका लागि प्रारम्भिक चरणको प्रक्रिया सुरु गर्ने विषयमा अन्तरक्रिया भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाको साझेदारीमा यहाँका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेल जडानका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ […]
कनकाई । कनकाई नगरपालिका झापाले बिहीबार राजपत्र प्रकाशन गरी ‘कनकाई नगरपालिकाको आर्थिक ऐन २०७९’ सार्वजनिक गरेको छ । नगरपालिकामा यही साउन १ गतेदेखि लागू हुने आर्थिक कारोबारलाई कानुनसम्मत बनाउन ऐन सार्वजनिक गरिएको हो । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम पारित गरेर कार्यान्वयनमा लैजान आर्थिक ऐन जारी गरिएको हो । […]
बिर्तामोड । साहित्य चौतारी झापाले शुक्रवार २३औँ वार्षिकोत्सव मनाएको छ । २०९औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । २३औं वार्षिकोत्सवको अवसरमा साहित्य चौतारीले एकजनालाई विशिष्ट संगीत सम्मान अर्पण गरेको छ । वार्षिकोत्सवको अवसरमा चौतारीले सङ्गीत साधक कुशेश्वर राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण गरेको हो । शास्त्रीय संगीतलाई पूर्वमा स्थापित गर्ने मेहनती प्रतिभाका रुपमा […]