Sajhamanch Archive

अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन.

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको थियो सो माग अनुसार १ सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन्। […]

संसद बैठक २ बजेसम्मका लागि स्थगित

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on संसद बैठक २ बजेसम्मका लागि स्थगित.

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको […]

एकैदिन ९० जनामा देखियो कोरोनाको संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on एकैदिन ९० जनामा देखियो कोरोनाको संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँका ४३ जना रहेका छन् । त्यस्तै ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै […]

लुभुघाटमा बस दुर्घटना, ९ को मृत्यु, २४ घाइते

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लुभुघाटमा बस दुर्घटना, ९ को मृत्यु, २४ घाइते.

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को लुभुघाटमामा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा पाँचजना पुरुष र चारजना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिएका छन् । रामेछापको सुनापथी गाउँपालिकाको हिलेदेवीबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८३९६ नम्बरको […]

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु निर्यातभन्दा बढी आयात

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु निर्यातभन्दा बढी आयात.

झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात बढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु ८ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु ७ अर्ब ४१ करोड ८९ लाख ३ हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ […]

डाँफे सामुदायिक साकोस १६ वर्षमाः स्थापना दिवसमा ३८ सेयर सदस्य पुरस्कृत

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on डाँफे सामुदायिक साकोस १६ वर्षमाः स्थापना दिवसमा ३८ सेयर सदस्य पुरस्कृत.

दमक । यहाँस्थित डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं स्थापना दिवस आज असार २० गते सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा भएको स्थापना दिवस समारोहमा संस्थाले विभिन्न विधामा ३८ जना सेयर सदस्यहरुलाई पुरस्कार प्रदान गरेको छ । संस्था स्थापना […]

बिर्तामोडमा सहकारी नीति तथा योजना सम्बन्धी अन्तरसम्वाद सम्पन्न

Published: in मुख्य समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा सहकारी नीति तथा योजना सम्बन्धी अन्तरसम्वाद सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी नीति तथा योजना सम्बन्धी आज अन्तरसम्वाद गरेको छ । सहकारी तथा सामाजिक विकास शाखाको आयोजनामा यमुना आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरसम्वादमा बिर्तामोड नगरपालिकालाई मात्र कार्यक्षेत्र बनाएका तथा प्रदेशभर कार्यक्षेत्र रहेर पनि मुख्य कार्यालय बिर्तामोड रहेका संस्थाबाट प्रतिनिधित्व गराइएको थियो । अन्तरसम्वाद कार्यक्रममा नगरपालिका अन्तरगत सहकारी तथा सामाजिक […]

नेपालमा कोरोना सङ्क्रमणको अर्को लहर आउने सङ्केत

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा कोरोना सङ्क्रमणको अर्को लहर आउने सङ्केत.

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना सङ्क्रमितमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ देखिएको छ । जिन सिक्वेन्सिङ गर्दा धुलिखेल अस्पतालमा ओमक्रोनको उपप्रजाति पुष्टि भएको हो । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने औपचारिक रूपमा पुष्टि गरेको छैन । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार दक्षिण अफ्रिकामा बीए फोरद्वारा सङ्क्रमितको सङ्ख्या […]

झापामा मानव–वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on झापामा मानव–वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए.

झापा । झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र ५ भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नं १ प्रदेशसभा सदस्य एकराज कार्कीले बताए । भारतबाट हुलका हुल […]

बोरामा हालेर फालिएको शवको पहिचान गर्दै प्रहरीले फेला पार्यो हत्याराहरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोरामा हालेर फालिएको शवको पहिचान गर्दै प्रहरीले फेला पार्यो हत्याराहरु.

बिर्तामोड । हत्या गरी बोरामा हालेर ह्युमपाइपभित्र फालेको शवको पहिचान गरी झापा प्रहरीले हत्याराहरुको समूहलाई आज बिर्तामोडमा सार्वजनिक गरेको छ । अर्जुनधारा–४ मा गतहप्ता बोराभित्र भेटिएको शव भारतीय नागरिकको भएको र उसलाई पाँचलाख रुपैयाँ तिर्न नचाहाने एक महिलाले ‘सुपारी’ दिएर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । हत्या गरिएको उक्त व्यक्ति भारत गुजरातका ४० […]