काठमाण्डौ । काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाण्डौमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिए। उनका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना […]
झापा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि कृषिमा पनि जोड दिनुपर्ने बताएका छन् । आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कोइरालाले यस्तो बताएका हुन् । कोइरालाले कृषिमा आत्मनिर्भर बन्न पनि […]
कनकाई । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ भmापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ । कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगरपालिका वडा नं. ५ स्थित जैविक आईपिएम कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल एवम् […]
बाह्रदशी । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कार्यालयको आह्वान बमोजिम राष्ट्रिय धान दिवस मनाउने कार्यक्रमलाई बाह्रदशी गाउँ कमिटीले पूरा गरेको छ । गाउँ कमिटीको आयोजनामा बाह्रदशी वडा नं. ५ स्थित पूर्वीटोलमा नरप्रसाद सापकोटाको जमिनमा दही चिउरा खाँदै राष्ट्रिय धान दिवस कनाइएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज हरिबहादुर राजवंशीको प्रमुख […]
काठमाडौँ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्वं), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ । सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । यस्तै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध […]
झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताएका छन् । राष्ट्रिय धान दिवसको दिन आज उनले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको बताए । झापाको अर्जुनधारा ७ मा नेकपा एमाले अर्जुनधारा र किसान महासंघले संयुक्त रुपमा आयोजना गरेको धान रोपाईमा सहभागी […]
झापा । मनसुनजन्य विपद्का घटनाबाट ११ वर्षको अवधिमा देशभर २ हजार ३ सय ६२ जनाको मृत्यु र ८ सय ८० बेपत्ता भएका छन् । २०६८ देखि २०७८ सम्म भएका ५ हजार ८ सय २५ मनसुनजन्य विपद्का घटनाबाट देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको हो। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार […]
शिवसताक्षी । गएराति देखि अविरल वर्षाका कारण आएको बाढीबाट विस्तावित बनेका शिवसताक्षीका स्थानीयलाई नगरपालिकाले तत्काल राहत वितरण गरेको छ । बाढीका कारण त्रिभुवन माध्यामिक विद्यालयमा राखिए शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३३ विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको हो । जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ सुत्केरी […]
काठमाडौं । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जुन कुल स्थानीय तहको ३३.६ प्रतिशत मात्र हो । बाँकी ५०० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका […]
कमल । लगातारको वर्षासँगै आएको बढीबाट क्षति हुन नदिनका लागि कमल गाउँपालिकाले विभिन्न ठाउँमा बाँसको पाइलिङ निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ स्थित रतुवा खोलामा आएको बढीलाई नियन्त्रण गर्न १० लाख रुपैयाँ खर्चेर पाइलिङ निर्माण गरेको हो । वडा नम्वर ५ कै चाँजु खोलामा आएको बाढीलाई नियन्त्रण गर्न तथा बाढीबाट हुने क्षतिबाट जोगाउनका […]