Sajhamanch Archive

माओवादीले साथ छाडेपछि हिक्मत सरकार अप्ठ्यारोमा !

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on माओवादीले साथ छाडेपछि हिक्मत सरकार अप्ठ्यारोमा !.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका हुन् । एमाले संसदीय दलका नेता कार्की पाँच महिना अघि पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । आज जेठ २३ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिने […]

बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति.

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै एमालेले बैठक बस्न नदिने अडान लिएपछि बैठक ढिला सुरु भएको हो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र […]

पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध.

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ । १ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ । कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि […]

एसियन कप छनोटः नेपाल र म्यान्मा भिड्ने

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on एसियन कप छनोटः नेपाल र म्यान्मा भिड्ने.

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन्। नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु […]

भद्रपुर नगरपालिकाः वातावरण दिवसमा चेतनामुलक र्यली, शिक्षकलाई अभिमुखीकरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकाः वातावरण दिवसमा चेतनामुलक र्यली, शिक्षकलाई अभिमुखीकरण.

भद्रपुर । ५० औं विश्व वातावरण दिवशको अवसर पारी झापा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरी र्याली निकाल्दै विविध चेतनामुलक कार्यक्रम गरिएको छ । भद्रपुर नगर वातावरण शाखाको नेतृत्वमा वन तथा वातावरण सम्बद्ध विभिन्न संघ संस्थाले सामुहिक कार्यक्रम अन्र्तगत चन्द्रगढीमा प्रभातफेरी र्यालीसहित विविध कार्यक्रम गरेका हुन् । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा भद्रपुर १० लेखनाथ चोकबाट सुरू […]

कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम.

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २४ गतेसम्म सञ्चालन हुने तालिमको […]

बिर्तामोडका मोवाइल व्यवसायीका समस्याहरु निराकरण गर्न प्रहरीसँग अन्तरक्रिया

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडका मोवाइल व्यवसायीका समस्याहरु निराकरण गर्न प्रहरीसँग अन्तरक्रिया.

झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो । मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्यमा […]

सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् । सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका […]

इलामको प्रसिद्ध पाथीभरा मन्दिरको भेटीमा अनियमितता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on इलामको प्रसिद्ध पाथीभरा मन्दिरको भेटीमा अनियमितता.

इलाम । इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ । मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न प्रशासनमा पत्राचार गरिएकामा प्रशासनले मन्दिरको पुरानो पाथीभरा संरक्षण संस्था र पालिकाले गठन गरेको समितिबीच ‘छलफल’ चलाउने तयारी गरेपछि गाउँपालिका रुष्ट बनेको हो । पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले […]

विश्व वातावरण दिवसको अवसरमा बिर्ताबजारमा वृक्षारोपण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on विश्व वातावरण दिवसको अवसरमा बिर्ताबजारमा वृक्षारोपण.

झापा । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्ने गरी रुख विरुवा रोप्न आग्रह गरिएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको हो । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताएकी […]