Sajhamanch Archive

महिला क्रिकेटमा नेपाललाई शृंखला

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on महिला क्रिकेटमा नेपाललाई शृंखला.

काठमाडौ । नेपालले निर्णायक खेलमा आइतबार रोमाञ्चक जित निकाल्दै मलेसियासँगको ट्वान्टी-२० शृंखला ३-२ ले जितेको छ। मलेसियाको बांगी सहरमा पाँचौं तथा निर्णायक खेलमा नेपालले तीन विकेटको जित निकाल्दै घरेलु टोलीविरुद्धको शृंखला आफ्नो पक्षमा पारेको हो। युएसडी युकेएम ओभलमा १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले सात विकेटको क्षतिमा चार बलअगावै लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा […]

आज विश्व वातावरण दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on आज विश्व वातावरण दिवस मनाइँदै.

काठमाडौं । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना […]

तरकारी खेती गर्ने महिलालाई मेची सामुदायिक सिकाई केन्द्रद्वारा तालिम प्रदान

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on तरकारी खेती गर्ने महिलालाई मेची सामुदायिक सिकाई केन्द्रद्वारा तालिम प्रदान.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ सिम्लेमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई लक्षित गरी मेची सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको तरकारी खेती सम्बन्धी तीन दिवसीय तालिम आज सम्पन्न गरिएको छ । तालिममा ३० जना महिलाको सहभागिता थियो । तालिमको सहजीकरण कृषि प्राविधिक टंक कट्टेलले गरेका हुन् । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लैनबहादुर […]

नागरिकता विधेयक : सर्वोच्चले जेठ २६ गते छलफलका लागि दुवै पक्षलाई बोलायो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नागरिकता विधेयक : सर्वोच्चले जेठ २६ गते छलफलका लागि दुवै पक्षलाई बोलायो.

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता विधेयक विरुद्धको रिटबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। न्यायाधीश मनोज शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न जेठ २६ गते दुवै पक्षलाई बोलाएको हो। अघिल्लो संसद्ले दुईपटक पारित गरेर पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते […]

नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता.

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्। आईतवार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसिएचएल) र […]

कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजारलाई रोजगारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजारलाई रोजगारी.

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप ‘कर्णाली समृद्धि’ अभियान सञ्चालन गरिने बताए । […]

सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने.

वीरगञ्ज । पर्सा जिल्लामा सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार ९भोली० देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा पनि प्रकाशीत भइसकेको छ। ऐन राजपत्रमा प्रकाशित भएसँगै आइतबार देखी नागरिकता वितरण सुरु हुने भनीए पनि […]

मध्य तराईका जिल्लाहरुमा चल्यो तातो हावा (लु)

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on मध्य तराईका जिल्लाहरुमा चल्यो तातो हावा (लु).

काठमाडौँ । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ। मध्य तराईका जिल्लाहरु झापा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर, बारा,पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतकामा हावा (लु) चलिरहेको मौसमवीद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा (लु) चलिरहेको र अझै २ दिन चल्ने बताए। झाले भने, मध्य तराईका जिल्लाहरुमा […]

गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार !.

भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप […]

तेतिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको उद्घाटन

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on तेतिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको उद्घाटन.

धरमपुर (शिवसताक्षी) । झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १ धरमपुरमा पर्ने तेतिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको आज शनिबार उद्घाटन गरिएको छ । तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को सीमानमा पर्ने (हाल शिवसताक्षी नगरपालिका वडा नम्बर १) मा रहेको तेलिया खोलामा निर्माण सम्पन्न भएको ट्रस पूलको वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ […]