Sajhamanch Archive

नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर.

काठमाडौँ । नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो। सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण, दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट र क्रॉस बॉर्डर पेमेन्ट लगायतका […]

पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी.

काठमाडौं । दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको छ । समझदारीअनुसार भारतको सिलिगुडी देखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देश बीच समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण […]

बिर्तामोडका विद्यालयहरु २ दिनका लागि विदा दिइयो

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका विद्यालयहरु २ दिनका लागि विदा दिइयो.

बिर्तामोड । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार र आइतबार विदा दिइने भएको छ । नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी नगरप्रमुख स्तरीय निर्णयबाट बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी भोलि १८ र आइतबार २० गतेका लागि विदा दिइएको उल्लेख […]

निस्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानको घोर उल्लङ्घन : देबेन्द्र दाहाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on निस्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानको घोर उल्लङ्घन : देबेन्द्र दाहाल.

झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले अस्तित्वमा नै नभएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको जिकिर गरेका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका दाहालले राष्ट्रपतिको सो कदमबाट संविघानको घोर उल्लङ्घन पनि भएको बताएका छन् । अस्तित्वमा नैं नभएको नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर वा गरेर सरकार र […]

झापामा बेसबल तथा सफ्टबल संघ गठन, अध्यक्षमा खेम

Published: in खेलकुद, लोकप्रिय by . Leave a Comment on झापामा बेसबल तथा सफ्टबल संघ गठन, अध्यक्षमा खेम.

भद्रपुर । झापामा पहिलो पटक जिल्लास्तरीय बेसबल तथा सफ्टबल संघ गठन भएको छ । भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको सो खेलसँग सम्बद्ध युवाहरुको भेलाले खेम अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा विनित बाँस्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन […]

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता.

काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट […]

दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने.

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगेको […]

अत्याधिक गर्मीका कारण विद्यालय विदा गरिँदै, बिर्तामोडमा कहिले ?

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अत्याधिक गर्मीका कारण विद्यालय विदा गरिँदै, बिर्तामोडमा कहिले ?.

झापा । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण तराई क्षेत्रमा केही स्थानीय तहले विद्यालय विदा दिने निर्णय गरेका छन् । तर ४० डिग्री सेल्सियसको तापक्रम झेलिरहेको बिर्तामोड नगरपालिकामा यो सम्बन्धी निर्णय हुन सकेको छैन । झापाको मेचीनगर नगरपालिकाले दुई दिन, दमक नगरपालिकाले दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरेका […]

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक.

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची […]

आलु, प्याज र स्याउमा पनि लाग्यो भ्याट, १३ प्रतिशत महँगिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on आलु, प्याज र स्याउमा पनि लाग्यो भ्याट, १३ प्रतिशत महँगिने.

काठमाडौं । सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत भ्याट लगाएको छ । तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) मा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेदमा […]