धरमपुर (शिवसताक्षी) । नेपालको पहाडी क्षेत्रका धेरै ठाउँमा पानीको अभाव भएर त्यहाँका बासिन्दाहरु तीन–चार घण्टाको बाटो पैदल गएर खानेपानी ल्याउनु पर्ने बाध्यताका बारेमा चर्चा हुनुलाई सायदै अनौठो मान्नु पर्ला । तर तराइको समथर भूगोलमा पनि सफा खानेपानीको समस्या छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । सुगम जिल्ला झापाको शिवसताक्षी नगरपालिका वडा १ धरमपुरका स्थानीयहरु […]
विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्दैछन्। रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकारका अनुसार बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गर्नेछन्। प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र […]
बिर्तामोड । झापामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले प्रतियोगिताको आयोजनाा गरेको हो । प्रतियोगिता यही जेठ २७ र २८ गते बिर्तामोडमा हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए । आज बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । […]
काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेसँगै बजार घट्न थालेको हो । बुधबार बजारमा ३८.८३ प्रतिशतको गिरावट आएको छ । बजार २.०६ प्रतिशतले घटेको हो । मंगलबार समेत बजारमा ठूलो गिरावट आएको थियो । बजेटले सेयर लगानीकर्ताका लागि कर […]
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको […]
बिर्तामोड । झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा आज साँझ इन्धन भर्ने सवारी साधनहरुमा पानी मिसावट भएको इन्धन विक्री गरेको पाइएको छ । मे १० प ८९२१ नम्बरको मोटरसाइकल चालकले इन्धन भरेर ५०० मिटर नकुद्धै इञ्जिन बन्द भएपछि ट्याङ्गी खोलेर हेदा पानीमात्र भएको बताए । उनको मोटरसाइकल पम्पमा नै […]
मोरङ। मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन्। सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ। यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । उनको स्रोत […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको दोस्रो अधिवेशनले विदुर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रिसिला राई कोइराला, सचिव रमेश भट्टराई, सहसचिव उमेश दाहाल र कोषध्यक्षमा मदनबहादुर थापा सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरूमा सान्त्वना सापकोटा, रक्षा विश्वास, […]
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट […]