Sajhamanch Archive

टि–२० महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on टि–२० महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित.

काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो। मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ। जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ […]

‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा शिखरमा रोकाया

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा शिखरमा रोकाया.

काठमाडौँ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका […]

चेन्नाईले जित्यो आईपीएलको उपाधि

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on चेन्नाईले जित्यो आईपीएलको उपाधि.

काठमाडौं । वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो । सोमबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट […]

यस वर्षको बजेट भाषण सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on यस वर्षको बजेट भाषण सुरु.

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को लागि बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण सुरु गरेका हुन्। मन्त्री महतले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। यस वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब को बजेट सिलिङ दिएको छ। गत आर्थिक वर्ष २०७९/८० मा १७ […]

प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने.

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । […]

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री दाहालले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्। सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो […]

सैनिक मञ्चमा खुम्चिएको गणतन्त्र दिवस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सैनिक मञ्चमा खुम्चिएको गणतन्त्र दिवस.

काठमाडौँ । जनताले गणतन्त्र दिवस स्वतस्फूर्त रूपमा मनाउने संस्कृतिको विकास हुनुपर्ने हो । गणतन्त्रले नागरिकलाई छोएन । जसलाई छोयो उनीहरूले उही सैनिक मञ्च सजिलो ठाने । सेनाको परेड, सलामी, झाँकी छ तर गणतन्त्रका पक्षमा लड्नेहरूको त्यहाँ उपस्थिति विरलै हुन्छ । आजभन्दा १५ वर्षअघि आजकै दिन गणतन्त्रको घोषणा भएको थियो । संविधानसभाको पहिलो बैठकले यो निर्णय […]

एनएमसीका सबै पदमा निर्विरोध नयाँ नेतृत्व चयन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीका सबै पदमा निर्विरोध नयाँ नेतृत्व चयन.

मेचीनगर । नेपालको सहकारी अभियानमा अग्रणी स्थान बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा निर्विरोध नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि २ घण्टाका लागि थप गरेर भए पनि आकांक्षीहरुबीच सहमति गराएर दुईवटा पदमा निर्विरोध गराइएको हो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी […]

नेपालमा ७४१ जना विदेशीले ८ महिनामा पाए श्रम स्वीकृति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालमा ७४१ जना विदेशीले ८ महिनामा पाए श्रम स्वीकृति.

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा कुल […]

अनमोलको नेतृत्वमा सञ्चारिका समूह झापा गठन

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on अनमोलको नेतृत्वमा सञ्चारिका समूह झापा गठन.

बिर्तामोड । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो । झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् । नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा […]