Sajhamanch Archive

एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ । निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने समय तोकिएको थियो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा […]

काठमाडौँ महानगरले विवरण नबुझाउने अस्पतालको नाम सार्वजनिक गर्ने

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on काठमाडौँ महानगरले विवरण नबुझाउने अस्पतालको नाम सार्वजनिक गर्ने.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्ट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेहरूलाई कारबाहीका लागि संघ र प्रदेश सरकारलाई लेखेर पठाउने यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन बन्द गरिनेछ। यसका लागि काठमाडौँ महानगरले सार्वजनिक सूचना […]

सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन.

झापा । वर्तमानमा विभिन्न अराजक व्यक्ति तथा समूहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भनी झापाका सहकारी अभियन्ताहरुले सुरक्षाको माग गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आज झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको […]

विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शन , प्रहरीबाट अश्रुग्याँस प्रहार

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शन , प्रहरीबाट अश्रुग्याँस प्रहार.

विराटनगर। प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन्। प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको […]

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो.

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग […]

कोशी प्रदेशको नाम संशोधन गरौं : राजेन्द्र राई

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशको नाम संशोधन गरौं : राजेन्द्र राई.

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘दमनले कहिले पनि आन्दोलन दबाउदैन, द्वन्द्व बढाउछ,’ उनले भने,’‘ विन विन सिचवेशनमा प्रदेशको नाम सशोधन गरौं।’ पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने […]

आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै.

काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ । साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ । यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं […]

कचनकवलमा ४० जनालाई शिक्षा सेवा तयारी कक्षा

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवलमा ४० जनालाई शिक्षा सेवा तयारी कक्षा.

बनियानी । शिक्षक सेवा आयोग अन्तरगतको परीक्षा नजिकिइरहेको बेला झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा परीक्षाको लागि ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको छ । परीक्षाका लागि थप सहयोग पुर्याउने उद्देश्यले बिर्तामोडस्थित नोभा एजुकेशन फाउण्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । कचनकवल–३ पथरियास्थित लक्ष्मीप्रसाद […]

शिवगञ्जमा अस्पताल निर्माणले तल्लो भेगका बासिन्दामा खुसीयाली

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवगञ्जमा अस्पताल निर्माणले तल्लो भेगका बासिन्दामा खुसीयाली.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगन्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल बनाउने कार्यका लागि थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण थालिएको अस्पतालको भौतिक पूर्वाधारको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करसहित १० करोड ६६ लाख ९३ […]

कालोपत्रेको पर्खाइमा शिवसताक्षी ११ को मैनाचरी मार्ग

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कालोपत्रेको पर्खाइमा शिवसताक्षी ११ को मैनाचरी मार्ग.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं ११ दूधेमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सहायक बाटो मैनाचरी मार्ग दशकौं पुरानो भए तापनि अझै कालोपत्रे गरिएको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दूधे–झिलझिले खण्डको बीचमा उत्तरतर्फ रहेको सो बाटोलाई कालोपत्रे गर्ने स्थानीय बासिन्दाको अनेकल पहल अझै साकार नभएको हो । वि. सं. २०२४ सालबाट प्रयोगमा आएको मैनाचरी मार्गको लम्बाई […]