Sajhamanch Archive

आज राष्ट्रिय धान दिवस साथै दहीच्यूरा खाने दिन मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आज राष्ट्रिय धान दिवस साथै दहीच्यूरा खाने दिन मनाइँदै.

काठमाडौँ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय […]

इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध.

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् । उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

ताप्लेजुङ पहिरो प्रभावितलाई इन्द्रेणीको सहयोग

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङ पहिरो प्रभावितलाई इन्द्रेणीको सहयोग.

ताप्लेजुङ । कलाकार कृष्ण कडेंल नेतृत्वको इन्द्रेणी टोली सहयोग रकम समेत लिएर ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र सिदिङ्वा गाउँपालिका पुगेको छ। सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले र वडा नं ३ आङ्खोपका पहिरो पीडित १३ घर परिवारलाई इन्द्रेणी टोली ४ लाख २० हजार रकम हस्तान्तरण गरेको कडेंलले जानकारी दिए। यो टोलीले मेहेलेका पहिरो प्रभावित बासिन्दाहरुसंग साक्षात्कार […]

कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने.

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । बिहीबार विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्न, उहाँ पदमुक्त हुनुहुन्छ, त्यसपछि […]

मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण.

काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षारोपण गरिएको छ । नेपाल भूतपूर्व सैनिक प्रहरी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष […]

आज देशैभर मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद मनाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आज देशैभर मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद मनाइँदै.

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान […]

एनआईसी एशिया बैंकबाट बचतकर्ताको १३ लाख १७ हजार ३०० रुपैयाँ गायब

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on एनआईसी एशिया बैंकबाट बचतकर्ताको १३ लाख १७ हजार ३०० रुपैयाँ गायब.

भद्रपुर । भद्रपुरस्थित जगदम्बा टी प्रोसेसिङ प्रालिको बैंक खाताबाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ३०० रुपैयाँ गायब भएको छ । ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने स्लोगानसहित सञ्चालित नेपालकै ठूलो वित्तीय कारोबार हुने एनआईसी एसिया बैङ्कको चन्द्रगढी शाखाबाट उक्त रकम गायब भएको […]

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन.

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष […]

झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण.

टाघनडुब्बा । झापा गाउँपालिकाले आजदेखि भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण शुरु गरेको छ । ऐलानी जग्गा उपभोग गरिरहेका भूमिहीनहरुले जग्गाको निस्सा पाउन थालेका हुन् । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम झापा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण शुरु गरेको हो । बुधवार झापा गाउँपालिकाले वडा नं १ देखि जग्गाको निस्सा […]

कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने.

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । १७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले […]