पोखरा । तीनवटा राजमार्गको संगम हो पोखराको पृथ्वीचोक । पृथ्वी राजमार्ग, भूपि शेरचन राजमार्ग र सिद्धार्थ राजमार्ग हुँदै आउजाउ गर्ने गाडीहरु पृथ्वीचोक हुँदै ओहोरदोहोर गर्छन् । वर्षौंदेखि पोखरामा वैकल्पिक सडक मार्गको चर्चा भए पनि काम भने अगाडि बढेको छैन । पोखरा चक्रपथ निर्माणको चर्चा र अध्ययन पोखरेलीका निम्ति कहिल्यै पूरा नहुने बासी सपनाजस्तो बनेको छ […]
काठमाडौं । तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ। नगरपालिकाको कार्यालयले किसानका उत्पादन खरिद गर्न थालेपछि यस्तो बाध्यता हटेको हो। कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरले कृषिमा किसानलाई आकर्षित गर्न उनीहरूका उत्पादन आफैं खरिद गर्न थालेको हो। सदरमुकाम चौताराको मुख्य बजारमा तरकारी संकलन तथा चिस्यान […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने जल […]
भद्रपुर । उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा आज सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । खुला सीमाका कारण […]
शिवसताक्षी । झापाको शिवसताक्षी विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा प्रभातफेरी निकालेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले, सतासीधाम जेसिज, दुधे बजार बिकास समिति, मेची बोर्डिङ स्कुल, दोस्रो जीवन प्रतिस्थान नेपाल, सेभेनसीज स्काउट ट्रुपको आयोजनामा दूधेबजार देखि झिलझिले बजारसम्म प्रभातफेरी पछि कोणसभा गरिएको थियो । कोण सभालाई सम्बोधन […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरदेखि बिर्तामोड जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्षित गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भए पनि सो समयमा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडा गौरवको योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । वडाध्यक्ष सिकिन सिकिन पासवानले आफ्नो वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो उद्देश्यले वडा पवित्र माई खोलाको किनारमा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि काम सुरु गरिएको बताए । यसै चालू […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आफ्नो पार्टी नेतृत्वको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप लगाएका छन् । उनले पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक रहेको पनि उनको दाबी छ । संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही […]
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो । पीडितको पक्षबाट पेस भएका अधिवक्ता शशि अधिकारीले अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराएका थिए । अन्तरिम राहत माग गर्दै यसअघि पनि […]
विराटनगर । कोशीका प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गरेपछि प्रदेशसभाको विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रदेश प्रमुखले १४ असारको दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेपछि सोमबार दिउँसो काठमाडौं बालुवाटारस्थित एक होटलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन् । तीन दलका नेताहरुले विराटनगरमै रहेका नेकपा एकीकृत समाजवादीका […]