इटहरी । ऋणको ब्याज असुल गर्ने क्रममा ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा सोमबार इटहरी बजार बन्द आह्वान गरिएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा गरिएको बजार बन्दले विहानैदेखि विभिन्न खाले पसलहरु बन्द भएका छन्। इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा बजार बन्द गरिएको हो। बैङ्कको […]
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ। आइतबार साँझ ६ बजेदेखि सुरु भएको जोख्ने काम सोमबार बिहान २ बजे सकिएको अख्तियार स्रोतले बताएको छ। जलहारीको जोख्ने काम सकियो। टुक्रा टुक्रामा जोखिएको जलहारीको पूर्ण तौल निकाल्न अन्तिम नापजाँच हुँदै छु, अख्तियार स्रोतले भन्यो। प्रारम्भिक नाँप […]
काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ […]
KATHMANDU: Cash circulation has decreased by 15 billion rupees in one month. According to Nepal Rastra Bank, the cash circulation which was 623.89 billion rupees in Baisakh (mid-April to mid-May) fell to 608. 51 billion rupees in Jestha (mid-May to mid-June.) The cash circulation which was 611.78 billion rupees in Chaitra (mid-March to mid-April) had […]
काठमाडौँ । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो। गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बोतलको प्रहार भएको देखिन्छ। आफ्नो सुरमा गीत गाइरहेका […]
काठमाडौँ । लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाका दुई वडाका गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा.लालमणि अर्यालले बताए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण […]
काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो । अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । न्यूनतम योग्यता […]
काठमाडौँ । सत्तारूढ दलका नेताहरूले सरकारलाई बजेट संशोधन गर्न दबाब दिएका छन् । जेठ १५ मा संसद्मा प्रस्तुत बजेटमाथिको छलफलमा सांसदले उठाएका विषयलाई बेवास्ता गरिरहेको सरकारलाई सत्तारूढ सांसदहरूले बजेट संशोधन गर्नै हुन्न भन्ने परम्परागत मान्यताबाट माथि उठ्न पनि आग्रह गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारले जस्तो विधेयक ल्यायो, त्यही पारित […]
काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार […]