Sajhamanch Archive

शिवसताक्षी ३ मा सार्वजनिक सुनुवाईः भानु मावि पाराबारीको पूर्वाधार विकासको काम नभएको गुनासो

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ३ मा सार्वजनिक सुनुवाईः भानु मावि पाराबारीको पूर्वाधार विकासको काम नभएको गुनासो.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं  ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आवमा वडाको विकास आयोजनाहरुको प्रगति प्रतिवेदन वडा अध्यक्ष भाष्कर न्यौपानेले प्रस्तुत गरेका थिए। कार्यक्रममा वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको थियो । उपभोक्ता समिति र ठेक्का मार्फत गरिएको धेरै जसो कामहरु गुणस्तरीय नभएको समेत वडाबासीहरुले […]

यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु.

कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले ठक्कर दिएपछि घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

सरकारले नै संवैधानिक निकायलाई निरही बनायो : डा. दत्त

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले नै संवैधानिक निकायलाई निरही बनायो : डा. दत्त.

काठमाडौं । संवैधानिक आयोगहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिसंगको छलफलमा बोल्दै अध्यक्ष डा. दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहात निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय भए पनि सरकारले आफ्नो मातहतको निकायजस्तो व्यवहार गर्नु दुखद रहेको बताएका हुन् […]

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे ३ अर्ब नजिक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे ३ अर्ब नजिक.

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए । बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ […]

भारतीय लोकतन्त्रको मुद्दा बिर्सेर मोदीसँग वार्ता गर्दै बाइडेन

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on भारतीय लोकतन्त्रको मुद्दा बिर्सेर मोदीसँग वार्ता गर्दै बाइडेन.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय लोकतन्त्रको बिग्रँदो छविलाई वास्ता नगरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो आतिथ्य दिएका छन् । बाइडेनले लोकतन्त्र र अधिनायवादबीचको द्वन्द्व वर्तमान विश्वको वास्तविक संघर्ष रहेको बताउने गरेका थिए । हाल अमेरिका भ्रमणमा रहेका मोदीसँगको वार्तासम्म आइपुग्दा बाइडेन लोकतन्त्रको आधारभूत मान्यतामा अपूर्ण भएपनि महत्वपूर्ण मित्रलाई गुमाउन नहुने निष्कर्षमा पुगेको देखिन्छ । […]

अदालतको आदेश मान्दिनँ, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on अदालतको आदेश मान्दिनँ, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन […]

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश.

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । चलचित्र संघका कानुन व्यवसायी […]

Pashupati Study Center to be established in Pashupati area

Published: in English by . Leave a Comment on Pashupati Study Center to be established in Pashupati area.

KATHMANDU : A study center will be established targeting the people who want to carry out research on oriental philosophy. The Pashupati Area Development Trust (PADT) has in its proposed master plan come up with the concept of establishing a center named ‘Pashupati Study Centre’ in the Pashupati area. The project location is near the […]

धनुषामा सर्पको टोकाइबाट बालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धनुषामा सर्पको टोकाइबाट बालिकाको मृत्यु.

जनकपुरधाम । धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्‍याएका थिए […]

करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् । केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।