Sajhamanch Archive

बंगलादेशविरुद्धकाे प्लेइङ ११: विशाल रार्इ र अञ्जनकाे ठाउँमा भरत खवास र निराजन खड्का

Published: in खेलकुद by . Leave a Comment on बंगलादेशविरुद्धकाे प्लेइङ ११: विशाल रार्इ र अञ्जनकाे ठाउँमा भरत खवास र निराजन खड्का.

साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको खेल ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा आज साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको खेलमा भन्दा एक परिवर्तन गरेका छन् । उनले मिडफिल्डर विशाल […]

अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना, पाँचजनाको शव फेला

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना, पाँचजनाको शव फेला.

धादिङ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदैगर्दा सम्पर्कविहीन भएको अल्टिच्युड एअरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर–१, बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरकाअनुसार घटनास्थलमा पाँचजनाको शव भेटिएको छ । एकजनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । घटनास्थलमा पाँचजनाको शव भेटिएपनि कसैको सनाखत हुन नसकेको कुँवरले टेलिफोनमा […]

पोखराको बेगनास तालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु, ५ जना बेपत्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पोखराको बेगनास तालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु, ५ जना बेपत्ता.

पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ ।  ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।  बजगाइँकाे लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।  बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको […]

दर खान गएका २०० स्थानीयको हस्पिटलमा बास

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on दर खान गएका २०० स्थानीयको हस्पिटलमा बास.

काभ्रे । स्थानीय सहकारीले गरेको दर खाने कार्यक्रममा गएका काभ्रेका २०० भन्दाबढीलाई ‘फुड पोइजन’ भएको छ। फुड पोइजन भएका बिरामीलाई अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई […]

गोरखा दुर्घटनास्थलमा उद्धारका लागि गएका हेलिकप्टर ल्याण्ड हुन सकेनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on गोरखा दुर्घटनास्थलमा उद्धारका लागि गएका हेलिकप्टर ल्याण्ड हुन सकेनन्.

काठमाडौं । गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटनामा परेको छ । नुनाकोटको मेघान नामक जङ्गलमा हेलिकप्टर दुर्घटनामा परेको अल्टिच्युड एयरका सञ्चालक सिताराम सापकोटाले बताए । उद्धारका लागि चार वटा हेलिकप्टर परिचालन गरिएको छ । श्री एयरलाइन्सका २ र नेपाली सेना र अल्टिच्युडकै १÷१ वटा हेलिकप्टर उद्धारका […]

बिर्तामोड दुःखी नगरः नगरप्रमुख शिवाकोटी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोड दुःखी नगरः नगरप्रमुख शिवाकोटी.

बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार खानेपानी मन्त्री बिना मगर आइन् । उनको भव्य स्वागत गरियो । उनी यहाँ आउनुको मुख्य कारण बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाले जडान गरेको फिल्टर प्लान्ट उद्घाटन थियो । अन्य कार्यक्रमझैं बिर्तामोड खानेपानीको कार्यक्रम पनि विधिवत् नै भयो । मन्त्री मगरले फिल्टर प्लान्टको उद्घाटन गरेपछि मञ्चमा मन्तव्यको कार्यक्रम शुरु […]

बेगनास तालमा डुङगा पल्टियो ५ जना बेपत्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बेगनास तालमा डुङगा पल्टियो ५ जना बेपत्ता.

पोखरा । पोखरा महानगरको लेखनाथस्थित बेगनासतालमा आज डुङगा दुर्घटना भएको छ । डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुङ्गा पल्टिएको खबर पाउने बित्तिकै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । सोही क्रममा ४ जनाको उद्धार गरिएको हो । अन्यको खोजी […]

अमेरिकी र्‍यापर म्याक मिलर काेठामै मृत भेटिए

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकी र्‍यापर म्याक मिलर काेठामै मृत भेटिए.

चर्चित अमेरिकी र्‍यापर म्याक मिलर क्यालिफोर्नियाको लस एञ्जलसमा रहेको आफ्नै घरमा मृत भेटिएका छन् । २६ वर्षीय म्याकको मृत्यु अत्याधिक लागुपर्दाथ सेवनका कारण भएको बताइएको छ । उनले पहिले पनि आफूले अत्याधिक मात्रामा लागुपदार्थ सेवन गर्ने गरेको स्वीकारेका थिए । हालसालै उनको एउटा एलबम ‘स्विमिङ’ रिलिज भएको थियो, जसका लागि उनी सांगीतिक भ्रमणमा पनि थिए […]

सहकारीले खुवाएको तिजको दर खाँदा ३ सय बिरामी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सहकारीले खुवाएको तिजको दर खाँदा ३ सय बिरामी.

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा तिजको दर खाँदा ३०० जना भन्दा धेरै बिरामी भएका छन् । स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज बिहान तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी ३ सय जना भन्दा दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपामा […]

खानेपानी संस्थानको धारामा दूषित पानी आउँदै :अझै चापाकलकै भर

Published: in स्वास्थ्य by . Leave a Comment on खानेपानी संस्थानको धारामा दूषित पानी आउँदै :अझै चापाकलकै भर.

मोरङ । विराटनगर महानगरवासी चापाकल (ट्युवेल) को पानी खान बाध्य छन् । खानेपानी संस्थानको धारामा दूषित पानी आउने गरेकाले महानगरवासी ट्युवेलको पानी खान बाध्य भएका हुन् । विराटनगर ११ की लक्ष्मी अधिकारीले ६ महिनादेखि धाराको पानी चलाएकी छैनन् । १ हजार ५ रुपैयाँ महसुल भने बुझाएको उनले बताइन् । ‘धारामा आएको पानीमा हात धुँदासमेत रातो भएर फोहोर बस्ने गरेकाले […]