जापानका एक दम्पतीले वैवाहिक जीवनको ८० औं वर्षगाँठ मनाएको छ। १०८ वर्षीय माआयो र १०० वर्ष की मियाकोले भर्खरै आफ्नौ ८० औं वार्षिकोत्सव मनाएका हुन्। उनीहरु विश्वको सबैभन्दा बढी समयका विवाहित जोडी बनेर ‘गिनिज बुक’मा नाम पनि लेखाइसकेका छन्। उनीहरू अहिले एक वृद्धाश्रममा बस्दै आएका छन्। सन् १९३७ मा यो जोडीले गरिबीका कारण कुनै समारोह […]
काठमाडौं । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन । सरकारले हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउने गरेको छ । र, दिवसका अवसरमा एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ । तर अघिल्लो अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सरकारले सकेन […]
बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले […]
मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट […]
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्। परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी पास भएका छन्। काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर पास गरेका पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । तीमध्ये […]
लालपुर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै प-यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ ।यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई । बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन् । नक्कली जग्गाधनी खडा […]
काठमाडौं । आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका छन्। सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन्। आमाका नामबाट नागरिकता लिन बाबुको खोजी गरिएको र पहिचान हुन नसकेको अवस्थामा त्यसको पुष्ट्याइँ गर्नुपर्ने प्रावधानप्रति उनीहरूले आपत्ति जनाएका छन्। संशोधन विधेयकको […]
काठमाडौं । सर्वोच्च अदालतले उपचारका क्रममा चिकित्सकबाट हुनसक्ने गल्ती तथा लापरबाहीमा कारबाही गर्दा संयम र होशियारी अपनाउन राय दिएको छ। उपचारमा लापरबाही भएको भन्दै क्षतिपूर्ति दाबीसहित परेको एउटा मुद्दामा अदालतले यस्तो निचोड निकालेको हो। बिरामी मार्ने वा अंगभंग गर्ने नियत राख्ने तथा लापरबाहीका घटनाबाहेक चिकित्सकलाई फौजदारी दायित्व नलाग्ने सर्वोच्च अदालतको व्याख्या छ। ‘फौजदारी आरोप पुष्टि […]
धनगढी । डडेल्धुराको आलितालकी भावना आफन्तसँगै आफ्नो १७ दिनको बिरामी नवजात शिशु (छोरा) ल्याएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भइन्। निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए। भदौ १७ गते नै सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन्। उनको नवजात छोरीको स्वास्थ्यमा पनि […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविमा पढ्ने विपन्न वर्गका सयजना विद्यार्थीलाई आज दाह्री ग्याङ झापाले शैक्षिक सामग्री प्रदान गरेको छ । दाह्री ग्याङ झापाको टिमले सो विद्यालयमा पढ्ने विपन्न विद्यार्थी छनौट गरी शैक्षिक सामग्री प्रदान गरेको ग्याङका सदस्य गोकुल पौड्यालले जनाएका हुन् । सामाजिक कार्यमा सक्रिय रहेको युवाको सो टिमलाई भदौ २२ बाट रिलिज हुने […]