झापा । रकम अभावमा आफूलाई जन्म दिने बावुआमाको उपचार गर्न नपाएका राजनीतिक व्यक्तित्व एवम् सहकारी अभियन्ता भूपाल बस्नेतले क्यान्सर पिडीत हजारौं बावुआमाको उपचारमा सहयोग पुर्याउने मनसायले संस्था स्थापना गरेको बताएका छन् । न्यून आय भएका क्यासर पिडीत मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्ना आमाबुवाको नाममा स्थापना गरिएको स्वर्गीय गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाको […]
कमल । झापाको कमल गाउँपालिका २ स्थित क्याम्पा बजार युवा समुहको आयोजनामा र नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको छ । प्रत्येक वर्ष कृष्ण अष्टमीको अवसरमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको युवा समुहले यो वर्ष रक्तदान कार्यक्रम गरेको हो । झापामा रगत अभाव भएको र गाउँमा रक्तदान सम्वन्धि चेतनाको कमीले गर्दा […]
हल्दिवारी । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले समृद्धिका लागि पारदर्शिता जरुरी रहेको बताएका छन् । उनले हरेक क्षेत्रमा पारदर्शीता भए समृद्धिको यात्रा सफल हुने ठोकुवा गरेका छन् । सूचनाको हक सम्बन्धि एक दिने सचेतना कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सूचनाको हक प्रयोगले पारदर्शितामा ठुलो सहयोग हुने बताए । संविधानले मौलिक हकका रुपमा व्यवस्था […]
झापा । पुनरावेदन अदालत इलामले जिल्ला समन्वय समिति झापालाई कृषिजन्य वस्तुको कर नउठाउन भन्दै पत्र पठाएको छ । जिल्ला समन्वय समिति झापाले भने विभिन्न शीर्षकमा कृषिजन्य वस्तुको निकासी कर बढाएर लिइरहेका बेला पुनरावेदन अदालत इलामले चिया र अदुवामा निकासी कर नलिन अन्तरिम आदेशसहितको पत्र पठाएको हो । एकसाता अघिमात्र इलामबाट झापा ल्याइएको अदुवामा जिससले काँकरभिट्टामा […]
इलाम । इलाम र पाँचथरको सीमामा पर्ने राँके बजारमा आइतबार बेलुका आगलागी हुँदा कोरोडौँ मूल्यको क्षति भएको छ । ठालुमान श्रेष्ठको घरबाट विधुत सर्ट भएर सुरु भएको आगोले जित बहादुर बस्नेतको किराना पसल, शिव बहादुर विष्टको जुत्ता(चप्पल पसल भएको घरमा आगोले क्षति गरेको जनाइएको छ । आगलागीबाट ठालुमानको एक करोड ५३ लाख, जितबहादुरको ४० लाख […]
हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड छैटौं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना यस संस्थाको छैटौं वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने निश्चय भएकोले सम्पूर्ण प्रतिनिधिज्यूहरुलाई यस अघि नै सूचना र प्रतिनिधि परिचयपत्र पठाइसकिएको छ । कारणवस सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानी आ–आफ्नो प्रतिनिधि परिचयपत्र र प्रतिवेदनसहित उपस्थितिको लागि अनुरोध […]
सल्यान। जिल्लाको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी बेपत्ता तीन जना मृत फेला परेका छन्। आइतबार साँझ स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा बेपत्ता भएका डाँगीका २ छोरी र १ छोरा मृत्त फेला परेका हुन्। पहिरोमा मृत्यु हुनेमा डाँगीका १० वर्षीया छोरी ललिता डाँगी, ७ वर्षीय छोरा ललित डाँगी र चार वर्षकी मेनका डाँगी […]
काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूहसँगको लडाइँ चर्किएपछि संकटकाल घोषणा गरिएको छ । विद्रोहीसँग घमासान लडाइँ भएपछि संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर फरार भएका […]
विराटनगर । बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान सकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ । महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन् । अभियानकर्ता जगतप्रसाद अर्याललक अनुसार त्यति व्यक्तिबाट संकलित ५÷५ […]
अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन्। चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन्। आकस्मिकबाहेक सेवाहरू ठप्प भएको थाहा पाएलगत्तै रुन थालिन्। संगीतालाई छोराको ज्यान बचाउने चिन्ता थियो। सिमसिमे पानीमा भिजेकी २१ बर्से रावतले सुँक्सुँकाउँदै भनिन्, ‘छोराको ज्यानको तलमाथि हुन्छ कि भन्ने […]