Sajhamanch Archive

यतिको जहाज धावनमार्गमै चिप्लिएर पांग्रा भाँचियो

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on यतिको जहाज धावनमार्गमै चिप्लिएर पांग्रा भाँचियो.

काठमाडौं । यती एयरलाइन्सको जेट स्ट्रिम विमान शनिबार राति त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ । ९ एल एच डब्लु विमान धावनमार्गमा चिप्लिंदा विमानको अगाडीको ल्यान्डिङ गियर(पांग्रा) भाँचिएको त्रिभुवन विमानस्थलले जनाएको छ । विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । विमान नेपालगन्जबाट चार्टर गरेर ल्याइएको थियो । घटनापछि त्रिभुवन […]

बिमानस्थल मुआब्जामै १४ अर्ब खर्च

Published: in मिडियाबाट साभार by . Leave a Comment on बिमानस्थल मुआब्जामै १४ अर्ब खर्च.

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जगा खरिदमा ठुलो परिणामको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्दजामा वितरणमा मात्रै १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार रुपैयाँ खर्चेको हो । चालु आवमा आठ अर्ब ५५ करोड २५ लाख जगा प्राप्तिका लागि बिनियोजन गएिको छ […]

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै !

Published: in मिडियाबाट साभार by . Leave a Comment on सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै !.

एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै […]

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

Published: in मिडियाबाट साभार by . Leave a Comment on सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल.

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ सांसदले निजी प्रयोजनले विदेश जाँदासमेत […]

सरकारी सेवामा अब आठ सेवा समहु मात्रै

Published: in मिडियाबाट साभार by . Leave a Comment on सरकारी सेवामा अब आठ सेवा समहु मात्रै.

सरकारी सेवामा अब आठवटा मात्रै सेवा समूह राखिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको संघीय निजामती सेवा विधेयकमा  आठ मात्रै सेवा समूह प्रस्ताव गरिएको छ। अहिले निजामती सेवामा १० वटा सेवा समूह छन्। प्रस्तावित विधेयकमा इञ्जिनियरिङ,कृषि तथा वन, न्याय, परराष्ट्र, लेखा परीक्षण, संसद् र नेपाल स्वास्थ्य सेवा रहनेछन्। यसअघि छुट्टाछुट्टै […]

‘वार’ कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी

Published: in मिडियाबाट साभार by . Leave a Comment on ‘वार’ कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी.

 रक्षा मन्त्रालयले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्ने तयारी थालेको छ। राष्ट्रिय क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा/प्रतिरक्षा सम्बन्धी अध्ययन/अध्यापान तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज र विश्वविद्यालय सरकारै लगानीमा सञ्चालन गर्ने रक्षाको कार्ययोजनामा उल्लेख छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो अल्पकालिन मध्यकालिन र दीर्घकालिन, कार्ययोजनामै वार कलेज […]

पाथीभरा गोल्डकपको उपाधी रेड स्टारको पोल्टामा

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on पाथीभरा गोल्डकपको उपाधी रेड स्टारको पोल्टामा.

ताप्लेजुङ । ताप्लेजुङको भानु जन मावीको खेलमैदानमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पाथीभरा गोल्डकपमा रेड स्टार क्लब झापा र न्यु स्टार क्लब झापा बिच भएको फाइनल खेलमा २-१ गोलले रेड स्टार क्लब झापा विजयी भएको छ । दर्शकले पुर्ण भरिबराउ रहेको आजको फाइनल खेलको पहिलो हाफमा रेड स्टार क्लब झापाले १-० को अग्रता लिएको थियो । […]

नेपाली कांग्रेसको रिक्त पदमा पदाधिकारी चयन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेपाली कांग्रेसको रिक्त पदमा पदाधिकारी चयन.

विर्तामोड । नेपाली कांग्रेस झापाको शनिबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले रिक्त रहेका विभिन्न पदमा पदाधिकारी मनोनयन गरेको छ । जिल्ला पार्टी सभापति उद्धव थापाको सभापतित्वमा बसेको बैठकले पार्टी विधानको धारा १० उपधारा २–क को ३ बमोजिम रिक्त रहेको जिल्ला कार्यसमिति सचिवमा तारावीर कट्वाल र सहसचिवमा राजेन्द्रप्रसाद भण्डारीलाई चयन गरेको हो । त्यस्तै विधानकै उपधारा […]

प्रेस युनियन माइपश्चिममा पुनः सुब्बा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रेस युनियन माइपश्चिममा पुनः सुब्बा.

दमक । नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकको शनिवार सम्पन्न प्रथम अधिबेशनले विष्णु सुब्बालाई पुनःअध्यक्षमा चयन गरेको छ । बन्दसत्रले सुब्बाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बेणुप्रसाद अधिकारी ,सचिवमा अर्जुन राजबंशी, सहसचिवमा नगेन्द्रमणी न्यौपाने र कोषाध्यक्षमा कुसुम तामाङ रहेका छन् । त्यस्तैे सदस्यहरुमा प्रशान्त भट्टराई, युवराज रेग्मी, […]

प्रजातान्त्रिक योद्धा शर्मा सम्मानित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रजातान्त्रिक योद्धा शर्मा सम्मानित.

दमक । प्रजातन्त्रका योद्धा तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाल सम्मानित भएका छन् । उनलाई शनिवार दमकमा सम्पन्न नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको प्रथम अधिबेशनको उद्घाटनका अवसरमा प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा सम्मान गरेको हो । उनलाई संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दोसल्ला,सम्मान पत्रले सम्मान प्रदान गरेकी थिइन्  दाहालले प्रजातन्त्रका विभिन्न कालखण्डहरुमा […]