कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित पाथिभरा भजन मण्डलीले आज एक कार्यक्रमको आयोजना गरी तीज विशेष कार्यक्रम मनाएको छ । मण्डलीकी अध्यक्ष शान्ता बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न कार्यक्रमका साथै मण्डलीमा आवद्ध जेष्ठ सदस्यलाई दर खुवाउनुका साथै नाचगान गरेर तीज विशेष कार्यक्रम मनाईएको थियो । विगतका वर्षहरुमा घर घरमा दर खाएर मनाए पनि […]
झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले आफ्ना संगठक स्वर्गीय प्रमोद तामाङ्गको स्मृतिमा स्थापित सुशासन पुरस्कार उनको स्मृति दिवसको अवसर पारेर आज वितरण गरेको छ । भद्रपुरस्थित मनोज–झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट साझामञ्च डट कम डिजिटल न्यूज पोर्टलका सम्पादक गोपाल काफ्लेलाई दोसल्ला ओढाएर […]
रिसाएकी प्रेमिका फकाउने उनको यस शैलीलाई लिएर त्यहाँका नागरिकहरु चकित भएका छन्। पुणे पिपरी–चिचवाडका २५ वर्षीय निलेश खेडकरले सौदागर, वाकड र रहतानीमा अवस्थित तीन सय स्थानमा केहिदिन अघि होर्डिङ बोर्ड टाँगेका थिए। त्यसमा ‘शिवाडे, आइ एम सरी’ लेखिएको थियो। उनले ती होडिङ बोर्ड सहरका मुख्य चोकदेखि घरका भित्तासम्म टाँगेका छन्। यस घटनालाई लिएर हंगामा मच्चिएपछि […]
नेपाल-भारतबीच महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ। सन्धिमा टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका-९ मटेनास्थित नेपाल-भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ। लामो समय विविध पक्षमा देखिएको विभेदका कारण नहर निर्माण ढिलाइ भएपनि […]
काठमाडौँ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ । बैठक सकिएसँगै (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेको हो […]
आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन […]
जापानकी केन तनाका संसारको सबैभन्दा वृद्ध महिला र मसाजो नोनाका सबैभन्दा वृद्ध पुरुष हुन् । केन एक सय १५ वर्ष पुगिन् भने मसाजो एक सय १२ । दुबै सर्टिफाइड जीवित वृद्ध÷वृद्धा हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी मसाजो नोनाकाले हालै आफ्नो एक सय १२ औं जन्मदिन मनाए । जापानका धेरैजसो मानिसहरु सय वर्षबढी बाँच्छन् […]
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । १८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेकको सम्मेलन सम्पन्न भएको हो । दोस्रो दिन शुक्रबार एजेन्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो । घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका […]
भद्रपुर । नेपाल भारत मैत्री संघ झापाको पद हस्तान्तरण कार्यक्रम भद्रपुरस्थित मारवाडी सेवा समितिको सभाहलमा बिहीबार सम्पन्न भएको छ । प्रदेश १ का सांसद तथा नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा भदौ ९ गते सम्पन्न पाँचौं मैत्रीसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष हुलासचन्द्र सरियाले पद हस्तान्तरण […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजले संस्थाका पूर्व अध्यक्ष स्व. मदन ढकाल र स्व. दिलकुमार शर्मा घिमिरेको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । वीरता जेसीज सन् २०१८ को प्रथम साधारणसभाले उक्त निर्णय गरेको हो । शुक्रबार बिर्तामोडमा सम्पन्न साधारणसभाले ‘स्व. मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘स्व. दिलकुमार शर्मा स्मृति […]