भद्रपुर । झापाको कचनकवलमा सर्पले डसेर एक बालिकाको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका २ निवासी तिलबहादुर भट्टराईको १४ वर्षीय छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार घरमा सुतिरहेका अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो। सर्पले डसेका उनलाई उपचारका लागि लैजाने क्रममा बाटैमा […]
भद्रपुर । विद्यालयस्तरका बालबालिका भित्र रहेको कला उजागर गर्ने उद्देश्यले झापा जिल्लाबाट प्रतिभा छनौट सुरु गरिएको छ । ‘रमपम स्कूल ट्यालेन्ट हन्ट’ नाम दिइएको सो कार्यक्रममा गायन, नृत्य, अभिनय र मोडलिङ विधाका प्रतिभा छनौट सुरु भएको हो । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माद्यमिक विद्यालयबाट सुरु भएको प्रतिभा छनोट कार्यले झापा जिल्लाभरका विद्यालयमा अडिसन गरी […]
कमल । झापाको कमल गाउँपालिका ३ केरखास्थित श्री शहिद धर्मभक्त माद्यमिक विद्यालयले आफ्नो ५०औं वर्ष उत्सव (स्वर्ण महोत्सव) समारोह आगामी माघ १६ गतेदेखि मनाउने भएको छ । स्वर्ण महोत्सव समारोह मनाउने सन्दर्भमा आज बसेको विद्यालयको सचिवालय समितीको बैठकले विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले महोत्सव सम्पन्न गर्नका लागि मूल समारोहसमितिसहित […]
बिर्तामोड । यहाँस्थित बिर्ता आयुर्वेद तथा फिजियोथेरापी सेन्टर स्थापनाको पहिलो वर्ष पुगेको अवसरमा आज बिहीबार र भोलिका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सेन्टरका प्रबन्ध निर्देशक नर्वदा भट्टराईले दिएको जानकारी अनुसार शिविरको पहिलो दिन आज विभिन्न रोग र समस्या भएका ८५ जना बिरामीले निशुल्क सेवा पाएका छन् । शिविरमा सेन्टरका थेरापी चिकित्सकहरु भगवान […]
काँकरभिट्टा । रोटरी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको पदस्थापन समारोहमा शिक्षासेवी बुद्धिनाथ पौडेल सम्मानित भएका छन् । काँकरभिट्टामा आयोजित पदस्थापना कार्यक्रममा विगत लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै “रोटरी भोकेसनल” अवार्डले पौडेललाई सम्मानित गरिएको हो । सामाजिक ब्यक्तित्व पौडेललाई पदस्थापन समारोहका प्रमुख अतिथि एजी किशोर पराजुलीले अवार्ड प्रदान गरेका हुन् । […]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं मै रहेको बेला विपक्षी नेता राहुल गान्धी पनि आउने भएका छन् । मोदी विमस्टेकको चौथो शिखर सम्मेलनका लागि आएका हुन् भने गान्धी तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा काठमाडौं ओर्लने भएका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार कांग्रेस अध्यक्ष गान्धी मानसरोवर यात्राका लागि शुक्रबार काठमाडौं आउनेछन् । गान्धी १२ […]
काठमाडौँ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो। भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन् । भेट लगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशकी प्रधानमन्त्री शेख […]
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–८ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । माथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ४५ का पूर्णबहादुर राई, उनकी श्रीमती वर्ष ४० की धनकुमारी रहेका छन् । यसैगरी दिदि वर्ष ५० कि मित्रमाया राई र छोरा वर्ष ३ को आशिष रहेका […]
काठमाडौं। एसीसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले २ सय ५५ रनको विजयी लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोड्यो । यसक्रममा युएईका चिराग सुरीले सर्वाधिक ६५ तथा अस्फाक अहमेदले ४५ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछानेले ४ […]
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग बार्तामा नबस्ने अडान राखेको छ । नेकपाले सरकारसँग वार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको हो । आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘सरकारले वार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाइको लेपन लगाएको विषको […]