Sajhamanch Archive

पुरुषको तुलनामा महिलालाई किन धेरै चढ्छ रक्सीको मात

Published: (Updated: ) in विविधा by . Leave a Comment on पुरुषको तुलनामा महिलालाई किन धेरै चढ्छ रक्सीको मात.

बीबीसी । महिलाको तुलनामा पुरुषले धेरै रक्सी पिउने संसारभरी मान्यता छ । एक अनुमान अनुसार महिलाको भन्दा पुरुषले दोब्बर रक्सी पिउँछन् । तर अब यी भनाई पुराना हुँदैछन् किनभने सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेका छन् । यसको नकारात्मक असर देखिन सुरु भइसकेको छ । अमेरिकी सरकारी आँकडाका […]

बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राखि अधिकारकर्मीले गरे कपाल मुण्डन

Published: (Updated: ) in समाज by . Leave a Comment on बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राखि अधिकारकर्मीले गरे कपाल मुण्डन.

काठमाडौं । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा आज अधिकारकर्मीले कपाल मुण्डन गरेका छन् । संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले सामुहिक कपाल मुण्डन गरेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, […]

विषालु वायुमण्डलले वर्षमा ६० लाखको मृत्यु :एसिया सबैभन्दा खतरा

Published: in समाज by . Leave a Comment on विषालु वायुमण्डलले वर्षमा ६० लाखको मृत्यु :एसिया सबैभन्दा खतरा.

हत्या, दुर्घटना, रोगको कारण विश्वमा कति मानिस मर्छन् ? यसको मोटामोटी तथ्यांक होलान् । मृत्यु त हरेक क्षण भइरहेकै हुन्छन् । कति काल पुगेर त कति अकालमा । निश्चित उमेर पार गरेपछि हामीले देहत्याग गर्छौं । तर, अब हामीले आफ्नो पुरा आयु पनि बाँच्न पाउँछौं वा पाउँदिनौं भनेर संशय गर्नुपर्ने बेला छ । हामी हत्या, […]

सप्तकोसी नदीको पानी बस्तीमा पस्दा ३०० घर डुबे

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सप्तकोसी नदीको पानी बस्तीमा पस्दा ३०० घर डुबे.

राजविराज । सप्तकोसी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका करिब ३०० घर डुबानमा परेका छन् । सोमबार राति अचानक पानी पसेकाले वडा नम्बर–७ र १२ का ३०० घर डुबानमा परेका हुन् । भारतीयपक्षले कोसी ब्यारेजभन्दामुनि ‘पाइलट च्यानल’ बनाएर पानी पश्चिमतर्फ फर्काइदिएकाले सामान्य अवस्थामै पानी गाउँ पसेको स्थानीयको भनाइ छ । यस विषयमा स्थानीय सरकारलाई […]

ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा.

मोरङ । ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक बाबुराजा ओझाले सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको बताए । विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा २०७५ का लागि तयार गरिएको रथ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम […]

प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी.

काठमाडौँ ।  देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा […]

अब त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अब त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश.

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक० को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त […]

मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने भन्नुस्: प्रधानमन्त्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने भन्नुस्: प्रधानमन्त्री.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई […]

यो वर्ष लेखनाथ पौडयाल पुरस्कार गणेश विषमलाई

Published: in शिक्षा by . Leave a Comment on यो वर्ष लेखनाथ पौडयाल पुरस्कार गणेश विषमलाई.

काठमाडौं । त्रिमूर्ति निकेतनले दाङका छन्दकवि गणेश विषमलाई यस वर्षको लेखनाथ पौडयाल साहित्य पुरस्कार प्रदान गरिएको छ । १४ औं त्रिमूर्ति दिवसको अवसर पारेर सोमबार वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार विषमलाई यस वर्षको लेखनाथ पौडयाल पुरस्कार प्रदान गरेका हुन् । एक लाख नगदसहितको यो पुरस्कार त्रिमूर्ति निकेतनले हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा […]

बलिउडमा  डेब्यू गर्ने  शाहरुखका छोरा आर्यन र श्रीदेवीकी  छोरी खुशीको

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बलिउडमा  डेब्यू गर्ने  शाहरुखका छोरा आर्यन र श्रीदेवीकी  छोरी खुशीको.

बलिउड फिल्म उद्योगमा स्टार कलाकारका छोराछोरीलाई बलिउडमा डेब्यू गराउदै आएका निर्माता तथा निर्देशक यति बेला फेरि सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई डेब्यू गराउने तयारीमा छन् । खबरहरुका अनुसार करण जोहर आर्यन खानका साथ अभिनेत्री श्रीदेवी तथा बोनी कपूरकी कान्छी छोरी खुशी कपूरलाई पनि डेब्यू गराउने भएकाछन । बोनी कपूरले छोरी खुशीलाई बलिउडमा स्थापित गराउने […]