Sajhamanch Archive

बिहीवारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा हप्तामा दुई वटा फ्लाइट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । सरकारले आउँदो बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते बिहीवार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए । तर भारतसँग भने हप्तामा दुई वटा उडान गर्ने सरकारको निर्णय छ । आन्तरिक उडान आजै रातिदेखि बन्द हुँदैछन् ।

स्थल मार्गबाट विदेशीको आवागमन बन्द गरिएको पनि ओलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *