Sajhamanch Archive

सलाद के हो ? किन खाने ?

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on सलाद के हो ? किन खाने ?.

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् । सलाद के हो ? प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न […]

मेवाको बियाँका फाइदै फाइदा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on मेवाको बियाँका फाइदै फाइदा.

धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ। १. एन्टिअक्सिडेन्टको स्रोत मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। […]

डेंगुको काारणएक जनाको मृत्यु, बढ्न थाले संक्रमित

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डेंगुको काारणएक जनाको मृत्यु, बढ्न थाले संक्रमित.

काठमाडौं । वर्षायामसँगै डे‌गुको संक्रमणा बढ्न थालेको छ भने एक संक्रमितको मृत्युसमेत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो। महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल धरानमा डे‌गु संक्रमितको संख्या […]

सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने.

सर्पको टोकाइबाट जोगिन के गर्ने ? राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने घर वरपरको घांस भारपात काटेर सफा राख्ने जमिनका दुलाहरू टाल्ने पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, सधै कुल टाँगेर सुत्ने सर्पले टोकिहाले के गर्ने? […]

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त.

ओखलढुङ्गा । विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका […]

नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित.

काठमाडौँ । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरकारलाई विभिन्न सुझाव दिन थालेका छन् । यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २.३ थियो […]

भोलिदेखि काठमाण्डौ उपत्यकामा २ हजार २८ शय्या निःशुल्क

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भोलिदेखि काठमाण्डौ उपत्यकामा २ हजार २८ शय्या निःशुल्क.

काठमाण्डौ  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि बिहीवारदेखि काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताए । भोलिदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए। ‘कान्तिबाल अस्पतालले ६० शय्या, […]

प्रदेश १ मा डेंगी संक्रमण फैलिँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा डेंगी संक्रमण फैलिँदै.

धनकुटा । कोशी प्रदेशमा डेंगी रोगको संक्रमण फैलन थालेको छ । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी र संखुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन् । मोरङ र झापामा पनि यसै हप्तादेखि डेंगी रोगबाट संक्रमण भएका बिरामी […]

विषाक्त च्याउ खाँदा नौ जना बिरामी

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on विषाक्त च्याउ खाँदा नौ जना बिरामी.

पाँचथर । पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन्। कुम्मायक गाउँपालिका-१ मा मंगलबार विषाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्। कुम्मायक-१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप […]

दमकका २०० विपन्न परिवारलाई झुल वितरण

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकका २०० विपन्न परिवारलाई झुल वितरण.

दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको पहलमा दमकका विपन्न २०० परिवारलाई झुल वितरण गरिएको छ । दमक नगरको वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका विपन्न परिवारलाई टोलमै पुगेर झुल वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाडौ मिनभवनको प्रायोजनमा १०० र नगर उपप्रमुख भट्टराईको तर्फबाट १०० झुल वितरण गरिएको हो […]