Sajhamanch Archive

कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको सहमति

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको सहमति.

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेताले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । बैठकपछि पत्रकाहरुसँग उनले भने, […]

कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए ५ दिन समय

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए ५ दिन समय.

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार […]

कोशीको नयाँ मुख्यमन्त्री टुंग्याउन काठमाडौं पुगे कांग्रेस र माओवादीका नेता

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीको नयाँ मुख्यमन्त्री टुंग्याउन काठमाडौं पुगे कांग्रेस र माओवादीका नेता.

काठमाडौं । कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेका घटकहरू नयाँ सरकार बनाउन जुटेका छन्। कांग्रेस प्रदेश संसदीय दलका नेता दुई दिनदेखि काठमाडौंमा छन् भने माओवादी केन्द्रका दलका नेता इन्द्र आङ्बो पनि आजै काठमाडौं आएका छन्। प्रदेश प्रमुखले सरकार गठनको आह्वानको तयारी गर्दा उनीहरू मुख्यमन्त्री बन्ने आकांक्षासहित काठमाडौं आएका हुन्। उनीहरूले […]

सहकारी अभियन्ता उप्रेती प्रदेश उत्कृष्ट सहकारी व्यक्तित्वबाट सम्मानित, मेची बहुउद्देश्यीय र महिला साकोस इटहरीलाई विधागत सम्मान

Published: (Updated: ) in प्रदेश तह, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारी अभियन्ता उप्रेती प्रदेश उत्कृष्ट सहकारी व्यक्तित्वबाट सम्मानित, मेची बहुउद्देश्यीय र महिला साकोस इटहरीलाई विधागत सम्मान.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै उप्रेतीलाई उत्कृष्ट सहकारी सम्मान २०८० प्रदान गरिएको हो । उप्रेतीलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छः […]

प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश.

मोरङ । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको शुक्रबारको खेलमा मेन्स सिंगलतर्फ उदयपुरका विनय चौधरी र झापाका नवीन सिलवाल विजयी हुँदै फाइनलमा पुगेका छन्। मेन्स डबल्सतर्फ उदयपुरका विनय चौधरी र हिमाल श्रेष्ठको जोडी तथा […]

कोशीमा एमालेको माग : अब ठूलो दलको सरकार बनाउने प्रक्रिया थाल्नु पर्छ

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on कोशीमा एमालेको माग : अब ठूलो दलको सरकार बनाउने प्रक्रिया थाल्नु पर्छ.

विराटनगर । नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण उपधारा ३ अनुसार […]

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत.

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत […]

कोशीमा सहमतिको सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव

Published: in प्रदेश तह, मिडियाबाट साभार, विविधा by . Leave a Comment on कोशीमा सहमतिको सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार विश्वासको मत लिनुअघि प्रदेशसभालाई सम्बोधन गर्दै कार्कीले सहमतिको सरकार वा आलोपालो सरकार बनाउन प्रस्ताव गरेका हुन्। उनले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह पनि गरेका छन्। कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक […]

कोशी प्रदेश सभाको बैठक सुरु- मुख्यमन्त्रीले जवाफ दिएपछि विश्वासको मत लिने प्रस्ताव पेस हुने

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी प्रदेश सभाको बैठक सुरु- मुख्यमन्त्रीले जवाफ दिएपछि विश्वासको मत लिने प्रस्ताव पेस हुने.

विराटनगर । कोशी प्रदेशको बैठक सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको हो। बैठक १२ बजे सुरु भएको हो। अहिले मुख्यमन्त्री कार्कीले सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै छन्। त्यसपछि विश्वासको मत लिने प्रस्ताव पेस गर्ने र मत विभाजन हुने कार्यसूची छ ।

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै.

काठमाडौं । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । हिजो नै विश्वासको मत लिने तयारी गरिए पनि अबेर रातिसम्म पनि सम्भव नभएपछि आजका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । नेकपा एमालेबाट सरकारको नेतृत्व गरिरहेका कार्कीलाई नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी […]