Sajhamanch Archive

स्व. कोइरालाको जन्म जयन्तीको अवसरमा नेवि संघ झापाद्वारा निशुल्क आँखा शिविर

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on स्व. कोइरालाको जन्म जयन्तीको अवसरमा नेवि संघ झापाद्वारा निशुल्क आँखा शिविर.

शिवसताक्षी । नेपाल विद्यार्थी संघ झापाको आयोजनामा गरिएको आँखा शिविरमा २५२ जनाले सेवा लिएका छन् । स्व. गिरिजाप्रसाद कोइरालकाको जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित भानु माविमा भएको आँखा शिविरमा २५२ जनाले निशुल्क आँखा जाँच गराएका हुन् । शिविरमा काँकरभिट्टा आइकियर सेन्टरको प्राविधि सहयोग रहेको नेपाल विद्यार्थी संघ झापाले जनाएको छ । […]

हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त.

हुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ। नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए। आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो। लेदोसहितको भल घरभित्र पसेपछि सामान, […]

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ.

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन्। यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ […]

सलाद के हो ? किन खाने ?

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on सलाद के हो ? किन खाने ?.

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् । सलाद के हो ? प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न […]

ललितपुरमा विरोध सभा: बहस छाडेर कानुन व्यवसायी प्रदर्शनमा

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on ललितपुरमा विरोध सभा: बहस छाडेर कानुन व्यवसायी प्रदर्शनमा.

काठमाडौं । देशभरका कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसयाी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् । यही असार १३ गते जिल्ला अदालत […]

आज गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on आज गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै.

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् । पूर्वसभापति कोइरालाले सशस्त्र […]

दिउँसो भारी वर्षाको सम्भावना, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on दिउँसो भारी वर्षाको सम्भावना, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने.

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । कोसी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने बताइएको छ । भारी वर्षा, मेघगर्जनरचट्याङ, गेग्रान बहाव, बाढी, पहिरो […]

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगर आफैंले छनोट गर्ने

Published: in मिडियाबाट साभार, विविधा, शिक्षा, समाज by . Leave a Comment on कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगर आफैंले छनोट गर्ने.

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ । मेयर बालेन शाहले महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताए । उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने […]

अलपत्र यात्रुलाई निःशुल्क खाजा र पानी वितरण

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on अलपत्र यात्रुलाई निःशुल्क खाजा र पानी वितरण.

काठमाडौँ । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन्। ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन्। ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका […]

मोती माविका पूर्व विद्यार्थीद्वारा १३ शिक्षकलाई सम्मान तथा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on मोती माविका पूर्व विद्यार्थीद्वारा १३ शिक्षकलाई सम्मान तथा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण.

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी २ स्थित मोती माध्यमिक विद्यालयका १३ शिक्षक सम्मानित भएका छन् । पूर्व विद्यार्थी विनिता राईले आफुलाई पढाउने शिक्षकलाई सम्मान तथा विद्यार्थीहरुलाई स्कुल व्याग र शैक्षिक सामाग्री वितरण गरेकी छन् । उनले लियो क्लब विराटनगर संस्था मार्फत ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन् । वि.सं. २०७२ सालमा मोती […]