Sajhamanch Archive

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु.

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको […]

सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने

Published: in परदेश (प्रवास), मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने.

सिक्किम (भारत) । नेपालीहरुको पारम्परिक नौमति संस्कृतिको संरक्षण र सम्वर्धन गर्न सिक्किम सरकार जुटेको पाइएको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले ८ करोड़ २१ लाख रुपियाँको लागतमा नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने भएको जनाइएको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले उक्त केन्द्रको लागि भवन निर्माणको विधिवत शिलान्यास गरेका छन् […]

वैदेशिक रोजगारीमा जाने झापाली पहिलो नम्बरमा

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on वैदेशिक रोजगारीमा जाने झापाली पहिलो नम्बरमा.

भद्रपुर । झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देश कै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रमको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको पछिल्ला तीन महिनाको विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको संख्या फागुनमा २ हजार ७३५, चैत्रमा २ हजार ८२३ र बैशाखमा २ […]

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात.

काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ । बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ । उक्त डुंगाको तल्लो तलामा करिब एक सय […]

यूएईसँग श्रम वार्ता हुँदै, न्यूनतम तलब बढाउन प्रस्ताव गर्दै नेपाल

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on यूएईसँग श्रम वार्ता हुँदै, न्यूनतम तलब बढाउन प्रस्ताव गर्दै नेपाल.

काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका लागि यूएईको सरकारी टोली नेपाल आइसकेको छ । बैठकमा नेपालले यूएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि गरेर श्रम समझदारी नवीकरण […]

आदिवासी जनजाति युवा महासंघ युएईको अधिवेशनले अध्यक्षमा पुनः मगर

Published: in परदेश (प्रवास), लोकप्रिय, समाज by . Leave a Comment on आदिवासी जनजाति युवा महासंघ युएईको अधिवेशनले अध्यक्षमा पुनः मगर.

दुबई । आदिवासी जनजाति युवा महासंघ युएईको दोश्रो अधिवेशन दिपक थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । उनी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् । नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिजया लक्ष्मी राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तेज पुलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीन वर्षे कार्यकालमा दुई […]

केर्खाका सबिन खड्कालाई १० वर्षे छात्रवृत्ति, पहिलो किस्ता ५५०० प्रदान

Published: in परदेश (प्रवास), शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on केर्खाका सबिन खड्कालाई १० वर्षे छात्रवृत्ति, पहिलो किस्ता ५५०० प्रदान.

कमल । झापाली समाज युएईले शहीद धर्मभक्त माविका एकजना विद्यार्थीलाई कक्षा १० सम्म अध्ययन गरुन्जेलसम्मका लागि छात्रवृत्ति प्रदान सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा अनाथ विद्यार्थीलाई प्रदान गरिने १० वर्षे छात्रवृत्ति कार्यक्रम अन्तर्गत कक्षा १ मा अध्ययनरत सबिन खड्कालाई ५ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी […]

राजदूत पौडेल मलेसियाका गृहमन्त्रीसहित उच्चस्तरीय भेटवार्ता गर्दै

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राजदूत पौडेल मलेसियाका गृहमन्त्रीसहित उच्चस्तरीय भेटवार्ता गर्दै.

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधन मन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका हुन् । भेटवार्ताका अवसरमा नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा […]

राजदुत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस, राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजदुत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस, राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना.

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष बिहिबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका छन् । ओहोदाको प्रमाणपत्र […]

मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा.

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले जानकारी दिएका हुन् । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती […]