Sajhamanch Archive

देशका विभिन्न ठाउँमा मौसम बद्ली, प्रदेश १ र २ मा वर्षा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । अहिले प्रदेश १ र २ का केही ठाउँमा पानी परिरहेको मौमसविद्ले बताएका छन् ।

यी दुई प्रदेशमा बिहानदेखि पानी पर्न सुरु भएको र अहिले बिस्तारै कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अहिले प्रदेश एक र दुईमा पूर्ण र बाँकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बद्ली रहेको र दिउँसो पनि देशका धेरैजसो पहाडी भेगमा पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताइन् ।

आज राति भने देशभर नै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली, न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज र भोलि मौसम पूर्णदेखि आंशिक बद्ली रही देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्।

पर्सि भने देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा फाट्टफुट्ट र केही ठाउँमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *