Sajhamanch Archive

प्रदेश १ मा शुक्रबार ७२५ संक्रमित थपिए

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुष गरी २७५ जना, सुन्दरहरैंचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८–८ जना संक्रमित थपिएका हुन् । यस्तै, धनपालथान, पथरी शनिश्चरे र कटहरीमा ७–७ जना, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका २–२ जना छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १–१, झापाको बिर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०–२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तै, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगञ्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र पाथीभरा याङवरकमा २, खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेह्रथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ हजार ६४५ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार १६९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९३३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१३ महिला र ४१२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *