Sajhamanch Archive

वाग्मती सरकारले सबै जिल्लामा पीसीआर मेशीन राख्ने

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । वाग्मती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर मेशीन राख्ने निर्णय गरेको छ ।

कोभिड संक्रमण बढ्दै गएकोले प्रदेशका सबै जिल्लामा स्वाब परीक्षण गर्ने पीसीआर मेशीन राख्ने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवम् प्रवक्ता कैलाशप्रसाद ढुंगेलले पीसीआर मेशीन नभएका सबै जिल्लामा मेशीन राख्ने गरी निर्णय भएको बताएका हुन् ।

पीसीआर मेशीन नभएका रामेछाप, सिन्धुपाल्चोक लगायतका प्रदेश भित्रका जिल्लाले स्वाब संकलन गरेर परीक्षणको लागि छिमेकी जिल्ला वा धुलिखेल पठाउने गरेका छन् । जिल्लामा नै मेशीन राखिएपछि स्वाब परीक्षण गर्न छिटो र सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका सबै जिल्लामा पीसीआर मेशीन राख्ने निर्णय गरेअनुसार मेशीन खरिद प्रक्रिया अघि बढ्ने मन्त्री ढुंगेलले जानकारी दिए । मेशीन खरिद गरी यथाशिघ्र सञ्चालनमा ल्याइने उनको भनाई छ ।

प्रदेश सरकारले प्रदेश अन्तर्गतका जिल्लामा बेड, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर, अक्सिजन रेगुलेटर, पीपीई सेटलगायतका उपकरण समेत सामाजिक विकास मन्त्रालय मार्फत पठाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *