दमकको लाइफलाइन अस्पतालमा ३० बेडको कोविडवार्ड सञ्चालन
Published:
by .दमक । झापाको दमकस्थित पुरानो नीजि अस्पताल लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटरसहित ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन गरेको छ ।
आइतबार अनौपचारिक कार्यक्रमका बीच दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका हुन् । उनले प्रदेश तथा संघीय सरकारसंग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए ।
कोभिड वार्डका लागि अस्पतालले हाल इमरजेन्सीसहित एचडियु सेवा प्रदान गर्ने तयारी गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवासहित कोभिडका विरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।
विपतको समयमा अस्पतालको तर्फबाट पनि कोभिडका विरामीलाई उपचार गराउनका लागि अस्पतालका सञ्चालकहरु तथा स्वास्थ्यकर्मीहरुले देखाएको तदारुकताले यो सम्भव भएको पनि डा. शाहले जनाएका छन् ।
अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईका अनुसार बेड क्षमता अनुसार कसैलाई बिभेद नगरी अस्पतालमा कोभिडका विरामीहरुलाई भर्ना लिइनेछ । यो विषम अवस्थामा सो क्षेत्रका कोभिडका विरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर हामीले उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेका हौं, भट्टराईले भने ।
Comments