Sajhamanch Archive

चीनले सगरमाथाको चुचुरोमा सीमा रेखा कोर्दै

Published: in विश्व समाचार, समाज by .

काठमाण्डौ । नेपाल र चीनबीचको सगरमाथाको चुचुरोमा सीमा विभाजन रेखा कोर्न टोलीलाई शिखरतर्फ पठाएको छ ।

नेपाल तर्फ रहेको सगरमाथाको आधारशिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि चीनले कोरोना सङ्क्रमण फैलनबाट रोक्न भन्दै सीमा रेखा कोर्नको लागि आरोहीहरुलाई पठाएको बीबीसीले जनाएको छ । चीनले यस वर्ष आफ्नोतर्फबाट सगरमाथा आरोहणका लागि विदेशी आरोहीलाई अनुमति दिएको छैन ।

सङ्क्रमण फैलिएको जोखिमका बीच पनि नेपालले रोयल्टी उठाउन सगरमाथा आरोहणलाई अनुमति दिएको भनी आलोचना गरेको चीनले आफ्नो सीमा छुट्याउन रेखा कोर्न लागेको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

सानो आकारको चुचुरोमा चीनले कसरी सीमा रेखा कोर्छ भन्ने बारेमा भने स्पष्ट खुलाइएको छैन । चिनियाँ समाचारसंस्था सिन्ह्वाले दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने आरोहीलाई सङ्क्रमणबाट जोगाउन चीनले रेखा कोर्ने योजना बनाएको बताएको छ ।

रेखा कोर्नको लागि २१ जना चिनियाँ आरोहीहरु शिखरतर्फ गइरहेका छन् । शिखरमा लामो समय बस्न नसकिने भएकोले उनीहरुले त्यहीँ बसेर सीमापार गर्न रोक लगाउने सम्भावना कम रहने आरोहीहरु बताउँछन् । उनीहरुले सीमामा केही संकेत राख्ने आरोहीहरुको अनुमान् भए पनि त्यो यकिन भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *