Sajhamanch Archive

एमालेको खनाल–नेपाल समूहले परिस्थिति हेरेर भावी सत्ता समीकरणबारे निर्णय गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ । एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले परिस्थिति हेरेर भावी सत्ता समीकरणबारे थप निर्णय लिने र्णिय गरेको छ ।

मंगलबार खनाल र नेपाल समूहको झण्डै चार घण्टा भर्चुअल छलफलपछि परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो । साथै यो समूहले नयाँ सरकार गठनमा आफूहरुको निर्णायक भूमिका नरहने पनि बताएको छ ।

परिस्थिति हेरेर स्थायी कमिटी र प्रतिनिधिसभाका सदस्यहरुको छलफलबाट आवश्यक निर्णय लिने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिएका हुन् ।

छलफलमा विश्वासको मतमाथि सोमबार संसद्‍मा भएको मतदानमा अनुपस्थित हुने निर्णयको समीक्षा भएको थियो । भुसालका अनुसार सोमबार संसद्‍मा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नजानु सही निर्णय भएको छलफलको निष्कर्ष छ ।

‘हामीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था थिएन । त्यसैअनुसार आइतबार संसद बैठकमा सहभागी नभएर सही निर्णय गरेको हाम्रो निश्कर्ष छ’ भुसालले भने । आइतबार खनाल नेपाल समूहका २८ सांसद संसद बैठकमा अनुपस्थित थिए ।

खनाल–नेपाल समूहको छलफलको प्रधानमन्त्री ओली नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष छ । भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले एक ट्वीटमार्फत् भारतको रोजाई ओली भएको बताएको प्रसंग उल्लेख गर्दै समूहका एक नेताले भने, ‘भारत त खुलैरुपमा ओलीको पक्षमा आएको छ । भारतको सत्तारुढ दलका नेताहरुले सार्वजनिक रुपमै त्यो कुरा प्रकट गर्न थालेका छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *