Sajhamanch Archive

भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएन

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौ । भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएको छैन । हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको बक्सर जिल्लाको सिमरी क्षेत्रमा गंगा नदीमा लाशहरु भेटिएका हुन् । योबाहेक गंगा नदीका विभिन्न घाटहरुमा तैरिरहेको अवस्थामा लाशहरु देखिएका स्थानीयले बताएका बीबीसीले जनाएको छ ।

भेटिएका लाश पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला प्रशासनल कार्यालयले जनाएको छ । प्रशासनले डीएनएको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाएको दाबी गरेको छ ।

गंगा नदी किनारमा लाश भेटिन थाले पछि त्यहाँ गस्ती बढाइएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारका जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा लाश भेटिएकोबारे अनुसन्धान गर्ने बताए । उनले गंगा नदीलाई सफा राख्न आफू प्रतिबद्ध भएको पनि बताएका छन् ।

यसअघि अस्ति सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन भन्दा धेरै लाश भेटिएका थिए । यी लाशहरु कहाँबाट आए भन्ने यकिन नभए पनि कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव हुन सक्ने अनुमान गरिएको बीबीसले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *