Sajhamanch Archive

महन्थ ठाकुर बालुवाटारमा ! अबको तयारीबारे छलफल हुँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्दैछन् ।

जसपाका नेता ठाकुर र राजेन्द्र महतो ओली इतरको गठबन्धन सरकारका निम्ति तयार भएका थिएनन् । एमालेभित्र फेरि सहमतिको संभावना बढेको र जसपाभित्र पनि गठबन्धनका निम्ति ठाकुर र महतो तयार नभएपछि काँग्रेस र माओवादी केन्द्र पछि हटेका हुन् ।

आजै एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच चार घण्टा लामो संवाद भएको थियो । एक्लाएक्लै भएको संवाद सहमति नजिक देखिएको नेताहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *