Sajhamanch Archive

नेपालको अवस्था चिन्ताजनक : डब्ल्यूएचओ

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, समाज, स्वास्थ्य by .

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।

डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताए ।

नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *