नेपाल चिकित्सक संघद्वारा १०० शैयाको क्वारेन्टिन सेन्टर सञ्चालनमा
Published:
by .काठमाडौं । काठमाडौंको कमलपोखरिस्थित अग्रवाल भवनमा नेपाल चिकित्सक संघले १०० शैयाको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याएको छ ।
तीन सदस्यीय सञ्चालक समिति गठन गरी क्वारेन्टिन सञ्चालनमा ल्याइएको संघले जनाएको छ । सेन्टरमा दैनिक चारपटक खानाको व्यवस्था गरिएको छ भने स्वास्थ्य परीक्षणका लागि चिकित्सकहरुले समेत सेवा दिनेछन् ।
केही दिनमा क्वारेन्टिनलाई आइसोलेसन सेन्टरको रुपमा सञ्चालन गरिने र अक्सिजन तथा अत्यावश्यक औषधिको समेत व्यवस्था गरिने संघले जनाएको छ ।
Comments