Sajhamanch Archive

भारतमा ‘टू डीजी’ नामक औषधि प्रयोग गर्न अनुमति

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौ । भारतमा विकास गरिएको नयाँ औषधिले अनुमति पाएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकास गरिएको नयाँ औषधिले अनुमति पाएको हो ।

औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टूडीजी नामक औषधिलाई सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको छ । कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ ।

औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको भारत सरकारले दाबी गरेको छ । तर केही आलोचकहरूले कोभिड उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको बताएका छन् । टू डीअक्सी डी ग्लुकोज वा टू डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ) ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।

भारतमा कोभिड १९ सङ्क्रमणका कारण मृत्युदरमा अपेक्षा गरिएअनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो । तर, स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *