Sajhamanch Archive

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

Published: in खेलकुद, by .

काठमाडौं । फिफा विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय नेपाली टिम छानेका हुन् । नेपाली टिमका नियमित सदस्य अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, भरत खवास, रन्जित धिमाल, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् ।

सुरजजिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनीष डाँगी पहिलोपटक राष्ट्रिय टिममा परेका छन् ।

नेपालले यही मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

नेपाली टिम
गोलरक्षक – किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर – विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड – अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *