Sajhamanch Archive

मन्त्रिमण्डल विस्तार: गण्डकीमा चार मन्त्रीले लिए शपथ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by .

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

बुधबार मुख्यमन्त्री गुरुङले यसअघिकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारजनालाई शपथ खुवाएकी हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँगै थप तीन मन्त्रीले शपथग्रहण गरेका हुन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् ।

१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको थियो ।

मुख्यमन्त्री गुरूङले अब मन्त्रालय फुटाएर १० वटा पुर्‍याउन लागेको बताइएको छ । उनले दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् । उनी बाहिर रहेकाले सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे । उनी काठमाडौंमा भएकाले आउन नपाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *