Sajhamanch Archive

प्रतिकूलतालाई अनुकूलतामा बदल्न मन्त्री राईको आग्रह

Published: (Updated: ) in प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकूलतालाई अनुकूलतामा बदल्न आवश्यक रहेको औंल्याएकी छन् । कोरोना संक्रमणको समयमा जिल्लास्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

प्रदेश १ का स्थानीय तहका प्रमुख उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग आज गरिएको भर्चुअल बैठकमा कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरीको बनाउनमा उनले जोड दिएकी थिइन् ।

मन्त्री राईले, ‘जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाडौं, विराटनगर धाउनु नपरोस्’ भन्दै जिल्लास्तरमा व्यवस्थित अस्पतालको आवश्यकता रहेकोमा पनि जोड दिइन् । झापा, मोरङ र सुनसरी बाहेकका जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा समस्या रहेको उनको ठम्याई छ ।

मन्त्री राईले जिल्लास्तरमा व्यस्थित अस्पताल बनाउन अनिवार्य भइसकेको दर्शाउँदै प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसँगको सहकार्यमा काम अघि बढाउन आवश्यक रहेकोमा जोड दिइन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *