Sajhamanch Archive

प्रदेश १ मा कोरोना जित्नेको संख्या बढ्र्दै

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ मा कोरोनाको नयाँ भेरिएन्टबाट संक्रमित भई निको हुने दर बढेको छ । पहिले तीव्र रुपमा फैलिएको संक्रमणका कारण निको हुने दर केही थोरै देखिएको थियो । तर, अहिले कोरोना जित्नेहरुको संख्या बढेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार एक सयमा ६३ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा हालसम्म ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् । यसमा महिला ११ हजार ९३७ र पुरुष २० हजार ४२३ जना छन् ।

संक्रमणको अधिक चपेटामा परेको मोरङ जिल्लामा ५ हजार ५७७ महिला र ८ हजार ९१५ पुरुष गरी हालसम्म १४ हजार ४९२ जनाले कोरोना जितेका छन् । सुनसरीमा ९ हजार ३३५ जनाले कोरोना जितेका छन् । जसमा महिला ३ हजार ५८९ र ५ हजार ७४६ छन् । झापामा १ हजार ७८३ महिला र ३ हजार १८८ पुरुष गरी कूल ४ हजार ९७१ जना संक्रमणमुक्त भएका छन् । सबै १४ वटै जिल्लाको तथ्यांको विश्लेषण गर्दा प्रदेशमा संक्रमणमुक्त हुने ६३ प्रतिश छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पहिलो र दोश्रो लहरको संक्रमणबाट पहाडी जिल्ला धनकुटामा २३७, भोजपुरमा ९९, खोटाङ्गमा १ सय, हिमाली जिल्ला सोलुखुम्बुमा ३७, संखुवासभामा ३८० र तेह्रथुममा १२७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी उदयपुरमा ५२१ जनाले कोरोना जितेका छन् । इलाममा ५०३, पाँचथरमा १५१, ताप्लेजुङ्गका १४५ र ओखलढुङ्गाका ४९ जना संक्रमणमुक्त भएका छन् । अघिल्लो लहरमा कम संक्रमण फैलिएको ताप्लेजुङ जिल्लामा यो पकट संक्रमितको संख्या बढ्दो क्रममा पुगेको छ ।

प्रदेश १ मा स्थायी ठेगाना खुल्न नसकेका १ हजार २१३ जनाले समेत कोरोना परास्त गरेका छन् । मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराई भन्छन्, “कोरोना संक्रमित हुने दर अघिल्लोभन्दा दोस्रो लहरमा अधिक देखिएको छ । तर, ठिक हुने दर पनि बढ्दै गएको छ ।” प्रदेशमा ५१ हजार २२७ जनामा कोरोना देखिको छ । यसबाट ७६० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७५९ जना नयाँ संक्रमित थपिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *