मेचीनगरमा निजी क्षेत्रसँगको सहकार्यमा अक्सिजन प्लान्ट बन्ने
Published: (Updated: )
by .झापा । कोभिड १९ को उपचारमा अक्सिजनको हाहाकार भइरहेको बेला झापाको मेचीनगर नगरपालिकामा भने निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजन प्लान्ट बन्ने भएको छ ।
झापामा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपल्ट मेचीनगर १० धुलावारीस्थित आम्दा मेची हस्पिटलमा ८० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको ग्लोबल फन्डले ३५ लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले २० लाख रुपैयाँ अनुदान दिने छ ।
अपुग रकम मेची उद्योग वाणिज्य संघ, झापामा रहेका रोटरी क्लवहरु र निजी क्षेत्रबाट संकलन गरिने रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार १५ दिनभित्र उपकरण नेपाल ल्याइसक्ने तयारी छ । स्वीडेनबाट उपकरण ल्याउने तयारी छ । प्रति घण्टा ४० सिलिन्डरमा ग्यास भर्न सक्ने क्षमताको दुई वटा मेसिन ल्याइने उनले जानकारी दिए ।
रोटरी क्लव अफ काँकरभिट्टालाई रोटरी इन्टरनेसनलले ग्लोबल फन्डबाट यो अक्सिजन प्लान्ट दिएको हो ।
Comments