कोरोनाबाट कनकाईमा एक जनाको मृत्यु
Published:
by .झापा। कोरोना भाइरसको संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं १ का ३२ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान ६ बजे बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
उनलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै कनकाईमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।
Comments