Sajhamanch Archive

कोरोना भाइरसको उत्पत्ति र अनुसन्धान पारदर्शी बनाउन अमेरिकाको सुझाव

Published: (Updated: ) in विश्व समाचार by .

काठमाण्डौ । अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई सुझाव दिएको छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गरेका हुन् । उनले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पत्ति चीनको प्रयोगशालाबाट भएको र त्यहीँबाट चुहावट भएर विश्वव्यापी महामारीको रुप लिएको हुन सक्ने आशंकामा थप बल पुगेको दाबी गरिरहेका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म विश्वभर १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् । कोरोनाका कारण विश्वभर ३४ लाख ७२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *