कोरोनाबाट झापामा थप एक जनाको मृत्यु
Published:
by .झापा। कोरोना संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ ।
झापाको भद्रपुर वडा न ९ का ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले जानकारी दिए ।
योसँगै भद्रपुरमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
Comments