Sajhamanch Archive

मेचीनगरका पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । अग्रभागमा रहेर सूचना सम्प्रेषणमा खटिने मेचीनगरका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रेस क्लब मेचीनगरको आयोजना मनिषा पोलिक्लिनिक एण्ड डाइगनोष्टिक सेन्टर काँकरभिट्टाको प्राविधिक सहयोगमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । नगरका अधिकांश पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले जनाएका छन् ।

स्वास्थ्य परीक्षण अन्तरगत अक्सिजन लेभल, छाती र नाडीको धड्कन, तापक्रम, वजन मापन, छातीको एक्स–रे लगायत गरिएको छ । मनिषा मेडिकलका सञ्चालक दिलीप सुवेदीका अनुसार सबैजनाको छातीको एक्स—रे हेर्दा प्रायको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही केही पत्रकारले छातीमा संक्रमण हुन नदिन गर्नुपर्ने व्ययाम, प्रयोग गर्नुपर्ने औषधी र दैनिक तातोपानीको वाफ लिर्नुपर्ने पनि सुवेदीले सुझाव दिए । कसैकसैको फोक्सो तथा छातीमा धूलो तथा चिसोको प्रभाव देखिन्छ, हालको अवस्थामा उच्च स्वास्थ्य सावधानी अपनाएर काम गर्न सुवेदीको सबै पत्रकारलाई सुझाव दिए ।

क्लबले यसअघि पनि नगरभित्र सञ्चालनमा रहेका सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको थियो । साथै सञ्चारगृह मै पुगेर सम्पादक प्रकाशकहरुसँग आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *